दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
कोरोना संक्रमितको परिक्षणका लागि सप्तरी सदरमुकाम राजविराजमा आइतबारदेखी पिसिआर स्वाब परिक्षण प्रयोगशाला संचालनमा आएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई प्रदेश २ सरकारले पिसिआर परिक्षण उपकरण तथा व्यवस्थापन र कीट खरीदका लागि ५० लाख रुँपैया उपलब्ध गराएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको संयुक्त प्राविधिक टोलीले मेसिन जडान तथा परिक्षण कार्य सकेलगत्तै औपचारिक रुपमा पिसिआर परिक्षण कार्य सुरु भएको अस्पतालले जनाएको छ ।
पहिलो दिन राजविराज नगरपालिका तथा आसपासका विभिन्न गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ४८ जना आशंकितको स्वाब संकलन गरि परिक्षण प्रक्रियामा गइसकेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. रन्जित झाले बताए ।
अस्पताल परिसरमा रहेको दुई तल्ले भवनमा संचालनमा ल्याइएको प्रयोगशालामा जडान गरिएको पिसिआर मेशिनबाट एक पटकमा ९५ जनाको स्वाब परिक्षण गर्न सक्ने क्षमता रहेको उनले बताए ।
प्रयोगशालामा माइक्रोबायोलोजिष्ट, ल्याब असिस्टेन्ट र तालिम प्राप्त सहयोगी गरि १० जना जनशक्ति परिचालन गरिएको छ । यसअघि पिसिआर परिक्षण प्रयोगशाला नहुँदा सप्तरीबाट स्वाब संकलन गरि धरान, बिराटनगर र काठमाडौं पठाउने पर्ने तथा रिपोर्ट प्राप्त गर्न ७÷८ दिनसम्म पर्खनु पर्ने बाध्यता रहेको थियो ।
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
सारांश
- राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई प्रदेश २ सरकारले पिसिआर परिक्षण उपकरण तथा व्यवस्थापन र कीट खरीदका लागि ५० लाख रुँपैया उपलब्ध गराएको थियो ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको संयुक्त प्राविधिक टोलीले मेसिन जडान तथा परिक्षण कार्य सकेलगत्तै औपचारिक रुपमा पिसिआर परिक्षण कार्य सुरु भएको अस्पतालले जनाएको छ ।
- पहिलो दिन राजविराज नगरपालिका तथा आसपासका विभिन्न गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ४८ जना आशंकितको स्वाब संकलन गरि परिक्षण प्रक्रियामा गइसकेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया