दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको नयाँ नेतृत्व चयनका लागि तेश्रो पटक निर्वाचन मिति सारिएको छ । यसअघि दुई पटक तय गरेर स्थगित गरिएको निर्वाचन पछिल्लो पटक साउन १९ गते सोमबारका लागि तय गरिएको छ ।
यसअघि मतदाता सूचीमा समावेश नामहरु मध्ये केहीमा दाबी बिरोध परेपछी शनिबार साउन १७ गतेका लागि तय गरिएको निर्वाचन मिति एक दिन सारेर साउन १८ गते आइतबारका लागि तय गरिएको थियो । तर आइतबार उम्मेदवारी दर्ता प्रक्रियाको विषयलाई लिएर फेरी विवाद सुरु भएपछी निर्वाचन रोकिएको थियो ।
कार्यसमितिको सदस्य पदका लागि एक पक्षले निर्वाचन निर्देशिका अनुसार मनोनय दर्ता गरेको र अर्को पक्षले प्रक्रिया नपु¥याएर मनोनयन दर्ता गराएको भन्ने विषयलाई लिएर विवाद भएपछी आइतबार हुने भनिएको निर्वाचन पनि हुन सकेन ।
पार्टीका केन्द्रिय नेता, स्थानीय नेता तथा निर्वाचन समिति समेत राखेर चलेको सात घण्टाको बैठक पश्चात् निर्वाचनको नयाँ मिति साउन १९ गते सोमबारका लागि घोषणा गरिएको छ ।
यसअघि घोषित निर्वाचन तालिका अनुसार शनिबार दुबै प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा केदार प्रसाद यादव र उमेश प्रसाद यादवले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सात जना पदाधिकारीसहित कुल ५७ पदका लागि हुने निर्वाचनमा ५ सय १८ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
सारांश
- यसअघि मतदाता सूचीमा समावेश नामहरु मध्ये केहीमा दाबी बिरोध परेपछी शनिबार साउन १७ गतेका लागि तय गरिएको निर्वाचन मिति एक दिन सारेर साउन १८ गते आइतबारका लागि तय गरिएको थियो ।
- तर आइतबार उम्मेदवारी दर्ता प्रक्रियाको विषयलाई लिएर फेरी विवाद सुरु भएपछी निर्वाचन रोकिएको थियो ।
- कार्यसमितिको सदस्य पदका लागि एक पक्षले निर्वाचन निर्देशिका अनुसार मनोनय दर्ता गरेको र अर्को पक्षले प्रक्रिया नपु¥याएर मनोनयन दर्ता गराएको भन्ने विषयलाई लिएर विवाद भएपछी आइतबार हुने भनिएको निर्वाचन पनि हुन सकेन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया