मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना

राजविराज राजविराज
|
मंगलबार, माघ १०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना

सारांश

  •     स्व.
  • सिंहको २१ औं स्मृति दिवसको अवसरमा स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार राजविराजमा स्मृती दिवस मनाइएको छ ।
  •       यस अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरी तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले संयु्क्त रुपमा श्रद्धाञ्जली सभा, अन्तरक्रिया र सालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० माघ । 

    मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका स्व. गजेन्द्र नारायण सिंहको योगदान बारे चर्चा गर्दै उनलाई स्मरण गरिएको छ । 
    स्व. सिंहको २१ औं स्मृति दिवसको अवसरमा स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार राजविराजमा स्मृती दिवस मनाइएको छ । 
    यस अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरी तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले संयु्क्त रुपमा श्रद्धाञ्जली सभा, अन्तरक्रिया र सालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरेका छन् । 
    भस्लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाईमा गजेन्द्र चौकस्थित स्व.सिंहको शालिक तथा सप्तरी सेवा आश्रममा रहेको उनको समाधि स्थलमा माल्यार्पण गरिएको छ । 
    यस्तै जिल्ला अध्यक्ष झाको अध्यक्षता तथा केन्द्रिय नेता अमरकान्त झाको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा लोसपाका केन्द्रिय तथा स्थानीयस्तरका नेता÷कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
    कार्यक्रममा लोसपाका केन्द्रिय नेता दिपेन्द्र चौधरी, राजेन्द्र प्रसाद यादव, कुवँरनाथ मिश्रका साथै जिल्ला समन्वय समितीका उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाका निर्वतमान नगर प्रमुख शम्भु प्रसाद यादव, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका अध्यक्ष अजय कुमार झा, लोसपाका युवा नेता मनोज कुमार झा, राजकुमार यादव, गर्भु महतो, भुषणा झा, अमरलाल मण्डल, विनोद कुमार यादव लगायतले पनि बोल्दै स्व.सिंहको योगदान बारे चर्चा गरे । 
    यस्तै प्रदेशसभा सदस्य सतिश कुमार सिंह, जसपाका यूवा नेता शैलेश कुमार साह, सुमित कुमार साहलगायतले पनि स्व. सिंहको सालिकमा माल्यार्पण गरि उनको स्मरण गरेका छन् ।
    नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता समेत भनिने ंिसहको २०५८ साल माघ १० गते निधन भएको थियो । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका घर भएका सिंहको प्रत्येक वर्ष माघ १० गतेका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउने गरेका छन् । 
    वि.स. १९९८ सालमा रामनवमीका दिन जन्मिनु भएका गजेन्द्र नारायण सिंह मधेशी अधिकारका लागी संगठित अभियान चलाउने क्रममा २०४७ सालमा सदभावना परिषद् हुदै नेपाल सदभावना पार्टीको गठन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन
नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
भगाएर गर्भवती बनाई छाडेपछि  नाबालिका बिच्चलीमा 
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?