अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०८२
|
|
५६ पटक हेरिएको
Shares
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 

सारांश

  •     जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गठित संघर्ष समितिको संयोजनमा शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
  •     रिले अनसनको तेश्रो दिन आइतबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका प्रमुखका साथै मधेश प्रदेशका बहालबाला मन्त्रीदेखि राजनीतिक दलका अध्यक्ष तथा विघटित प्रतिनिधिसभाका सदस्यसम्म छन् ।
  •       यसैक्रममा आइतबारको रिले अनसनमा बिघटित प्रतिनिधिसभाको सदस्य रञ्जु ठाकुर, पूर्वमन्त्री उमेशप्रसाद यादव तथा संविधानसभा सदस्य रञ्जित कर्ण पनि सहभागि भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।

    आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै राजविराजमा जारि रिले अनसनमा ऐक्यबद्धता जनाउनेदेखी लिएर सोही अनसनमा बस्नेहरुको क्रम बढ्दो गएको छ । 
    जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गठित संघर्ष समितिको संयोजनमा शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
    रिले अनसनको तेश्रो दिन आइतबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका प्रमुखका साथै मधेश प्रदेशका बहालबाला मन्त्रीदेखि राजनीतिक दलका अध्यक्ष तथा विघटित प्रतिनिधिसभाका सदस्यसम्म छन् । 
    यसैक्रममा आइतबारको रिले अनसनमा बिघटित प्रतिनिधिसभाको सदस्य रञ्जु ठाकुर, पूर्वमन्त्री उमेशप्रसाद यादव तथा संविधानसभा सदस्य रञ्जित कर्ण पनि सहभागि भएका छन् । यस्तै मविव क्याम्पस राजविराजका सभापति रन्जित कुमार यादवसँगै स्ववियुका अन्य पदाधिकारीहरु समेत ऐक्यबद्धता जनाउँदै अनसन बसेका छन् ।  
    अघिल्लो दिन शनिबार उक्त मागको समर्थनमा मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव रिले अनसनमा बसेका थिए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनसनप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार केहीबेर अनसन समेत बसेका थिए । 
    गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
    यसअघि संघर्ष समितिले पहिलो चरणको आन्दोलनमा दुई दिन जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना तथा एक दिन पालिका र जिल्लाका कार्यालयहरु बन्दको घोषणा गरेको थियो । त्यसअघि उद्योग बाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनमा विभिन्न कार्यक्रमसहित १० हजार हस्ताक्षर संकलन गरि जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको अर्थ मन्त्रालयलाई बुझाएका थिए । 
    जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
    सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
    यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि पहल थालेका छन् ।
    मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले राजविराजमा हुँदै आएको आन्दोलनबारे अर्थमन्त्री खनाललाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएर अर्थमन्त्री खनालको ध्यानाकर्षण समेत गराए । ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री खनालले राजविराजमा करदाता सेवा कार्यालय हाललाई यथावतै राख्ने प्रतिबद्धता जनाएको मधेश प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
राजपा र फोरमले एक अर्कोलाई चिठी पठाएर  एकीकरण वार्ता प्रक्रिया अघि बढाए 
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
बट सावित्री पर्व मनाइयो 
बट सावित्री पर्व मनाइयो 
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
अग्नी पीडितलाई सांसद साहको सहयोग
अग्नी पीडितलाई सांसद साहको सहयोग

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?