दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
श्रीमान्को दिर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित यूवतीदेखि बृद्धासम्म विहिवार बट सावित्री पर्व मनाएका छन् ।
प्रकृतिपुजक मिथिला सभ्यतामा बट (बर) को रुखलाई जेठ औसीको दिन विशेष पूजा गर्ने चलन छ । जसलाई बट सावित्री पर्व भनिन्छ । यस अवसरमा विहीवार राजविराज नगरपालिकाले मातहतका सबै महिला कर्मचारीका लागी सार्वजनिक विदा नै दिए ।
ब्रतालु महिलाहरुको सर्वाधिक भीड भगवती मन्दिर परिसरमा रहेको बटबृक्ष मुनि देखिएको थियो । आफ्नो श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्न ब्रतवसी पुजामा सहभागी भएको ब्रतालु महिलाहरुले बताइन । बट बृक्षको पूजा सकेर मात्र व्रतालुहरु अन्नजल ग्रहण गर्ने परम्परा छ ।
बटबृक्षलाई मैथिलीमा बरको “गाँछ” भनिन्छ । मैथिलीमा श्रीमानलाई “बर” भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने पुरातन परम्परा हो ।
धार्मिक मान्यताका अनुसार सावित्रीले आफ्नो मृत पति सत्यवानको पुनजीवन प्राप्तीका लागी बटबृक्ष कै फेदमा पूजा गरेकी थिइन । सो पूजा पछि सत्यवानले पुनजीवन प्राप्त गरेकाले सोही मान्यताका आधारमा बटबृक्षको पूजा गर्ने चलन सूरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
बट सावित्री पर्व मनाइयो
सारांश
- प्रकृतिपुजक मिथिला सभ्यतामा बट (बर) को रुखलाई जेठ औसीको दिन विशेष पूजा गर्ने चलन छ ।
- जसलाई बट सावित्री पर्व भनिन्छ ।
- यस अवसरमा विहीवार राजविराज नगरपालिकाले मातहतका सबै महिला कर्मचारीका लागी सार्वजनिक विदा नै दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया