धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव

राजविराज राजविराज
|
शुक्रबार, पौष ११, २०८२
|
|
८० पटक हेरिएको
Shares
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव

सारांश

  •     यसै क्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन ।
  • विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेर सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन ।
  •       विद्यालय तथा कार्यालय बन्द भएका छन् भने यातायात ठप्प भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 

    हिन्दु धर्मावलम्बीको आस्थालाई चोट पु¥याउने गरी दिइएको अभिब्यक्तिका कारण दुई दिनदेखी राजविराज नगर क्षेत्रमा तनाव बढेको छ । हिन्दु धर्मावलम्बीका युवाहरुद्वारा चर्काे विरोध प्रर्दशन भएको छ भने आपसी सद्भाव भड्किने सम्भावना समेत बढ्दै गएको छ । 
    यसै क्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन । विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेर सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन । 
    विद्यालय तथा कार्यालय बन्द भएका छन् भने यातायात ठप्प भएको छ । यता आन्दोलनकारीहरुको प्रर्दशन र सुरक्षालाई ध्यानमा राख्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश तथा सप्तरी जिल्ला अदालतले सुचना टाँस गरेर एक दिनका लागी सेवा रोकिएको जानकारी गराएको छ । 
    हिन्दु देवी देवता उपर समाजिक सञ्जाल मार्फत गलत टिप्पणी गर्ने ब्यक्ती उपर कडा कारवाहीको माग गर्दै हिन्दुवादी संगठनका युवाहरुले बजार समेत बन्द गराएका छन । 
    राजविराज १ निवासी अफरोज आलमले समाजिक सञ्जाल मार्फत हिन्दु धर्म तथा देवी देउतामाथी अभद्र टिका टिप्पण्ी गरेको भन्दै हिन्दु युवाहरु आन्दोलित भएका हुन । 
    हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले आलमलाई पक्राउ गरी कारवाही नगरे सम्म आन्दोलन नरोकिने बताए । 
    आलमले भने तीन वर्ष अघि भुलवस सामाजिक सञ्चाल मार्फत त्यस्तो टिका टिप्पणी पोस्ट हुन गएको भन्दै क्षमा याचना गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत नै आइन्दा यस्तो गल्ती नदोह¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । 
    उनले तीन वर्ष अघि भुलवस गरिएको पोष्टलाई लिएर पटक÷पटक क्षमायाचना मागी सकेको भएपनि अहिले भाइरल गरेर विवाद चर्काउने खोजिएको गुनासो गरेका छन । 
    यता हिन्दुवादी संगठनहरुले भने आलमलाई पक्राउ गरी कारवाही नगरेसम्म आन्दोलन नरोकिने अडान यथावत राखेका छन । आन्दोलन चर्किदै जाँदा आपसी सद्भाव विथोलिने सम्भावना देखेर दुबै धर्मावलम्बीका अगुवा र आन्दोलनरत पक्षसंग छलफल गरी समस्या समाधानको प्रयास भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
१३ महिनामा २ बालकसहित १५ को मृत्यु
१३ महिनामा २ बालकसहित १५ को मृत्यु
वडा सदस्यको निधनमा शोक विदा
वडा सदस्यको निधनमा शोक विदा
रगतको चरम अभाव भएपछि रक्तदान
रगतको चरम अभाव भएपछि रक्तदान
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 
न्यायाधिश र कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी