अग्निपीडितलाई मन्त्री साहले बाढे राहत

राजविराज राजविराज
|
बुधबार, चैत्र २, २०७८
|
|
६६ पटक हेरिएको
Shares
अग्निपीडितलाई मन्त्री साहले बाढे राहत

सारांश

  •     मन्त्री साहले बुधबार अग्निपीडितको घर आंगनमै पुगि स्थलगत निरिक्षण गर्दै पीडित परिवारलाई राहत प्रदान गरेका हुन् ।
  •       गत शनिबार मध्यराती आगलागि हुँदा सो टोलका डम्बर यादव, मनोज यादव, सत्यनारायण यादव लगायत १३ परिवारको २७ घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
  •       यसअघि अग्निपीडितको बिचल्ली भएपछि सोही दिन तत्कालिन राहत स्वरुप त्रिपाल र खाद्यान्न पठाएका मन्त्री साहले यूएनएफपिए र आसमान नेपाल नामक संस्थाबाट सहयोग जुटाई थप राहत लिएर पुगेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 
    मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ टेंगरी टोलका अग्निपीडितको घर आंगनमै पुगेर राहत प्रदान गरेका छन् । 
    मन्त्री साहले बुधबार अग्निपीडितको घर आंगनमै पुगि स्थलगत निरिक्षण गर्दै पीडित परिवारलाई राहत प्रदान गरेका हुन् । 
    गत शनिबार मध्यराती आगलागि हुँदा सो टोलका डम्बर यादव, मनोज यादव, सत्यनारायण यादव लगायत १३ परिवारको २७ घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । 
    यसअघि अग्निपीडितको बिचल्ली भएपछि सोही दिन तत्कालिन राहत स्वरुप त्रिपाल र खाद्यान्न पठाएका मन्त्री साहले यूएनएफपिए र आसमान नेपाल नामक संस्थाबाट सहयोग जुटाई थप राहत लिएर पुगेका हुन् । 
    सो क्रममा उनले यूएनएफपिएबाट सहयोग स्वरुप प्राप्त एक÷एक थान मोवाइल चार्जरसहितको सोलार लाइट, त्रिपाल, झुल र डिगनिटि किट तथा आसमान नेपालबाट सहयोग स्वरुप प्राप्त त्रिपाल, चामल, दाल, नुन लगायतका राहत सामाग्रि बितरण गरे । 
    आगलागिबाट भएको क्षति र अहिले सम्म उपलब्ध भएको राहत बितरणको अवस्था बारे जानकारी लिएका मन्त्री साहले नयाँ घर बनाउन आवश्यक पर्ने काठ तथा अन्य सामाग्रिको पनि व्यवस्थापन गर्ने आश्वासन दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी