बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड

राजविराज राजविराज
|
आइतबार, भाद्र १२, २०७९
|
|
३९ पटक हेरिएको
Shares
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड

सारांश

  •     सबल नेपालको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा र जिल्ला बिपद् ब्यबस्थापन समितिको समन्वयमा आयोजित बिपद् प्रतिकार्य कार्यशाला गोष्ठीमा सो कुरा बताएको हो ।
  •       कार्यक्रममा जिल्ला बिपद् ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिपद्को जोखिमलाई पहिचान गरी न्युनिकरणतर्फ स्थानिय निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
  • उनले स्थानिय निकायले जोखिमलाई प्राथमिकतामा नराख्दाँ बिपद्का घटनालाई न्युनिकरण गर्न नसकेको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।

    जिल्लामा हुने बिपदको जोखिमलाई पहिचानसँगै नक्साङ्कन गरी प्रतिकार्य गर्नुपर्नेमा  सरोकारवालाहरूले जोड दिएका छन । 
    सबल नेपालको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा र जिल्ला बिपद् ब्यबस्थापन समितिको समन्वयमा आयोजित बिपद् प्रतिकार्य कार्यशाला गोष्ठीमा सो कुरा बताएको हो । 
    कार्यक्रममा जिल्ला बिपद् ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिपद्को जोखिमलाई पहिचान गरी न्युनिकरणतर्फ स्थानिय निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । उनले स्थानिय निकायले जोखिमलाई प्राथमिकतामा नराख्दाँ बिपद्का घटनालाई न्युनिकरण गर्न नसकेको जिकिर गरे । 
    सप्तरीमा बर्सेनी कोशी, महुली, खाडो, जिता खोलामा आउने बाढीको ब्यबस्थापन गर्नका लागि स्थानिय तहले आबश्यक बजेट छुट्याएर योजना बनाई बिपद्बाट हुने क्षतिलाई न्युनिकरण गर्नेतर्फ गम्भीर हुनुपर्ने सुझाव समेत दिए । 
    कार्यक्रममा हनुमाननगर कंकालनी नगरपालिका उपप्रमुख सरिता यादबले बिपद् कुनै वेला पनि आउने भएकाले सबै स्थानिय तहले बिपद् प्रतिकार्यका लागि आवश्यक बजेट छुटाउन आग्रह गरिन् ।  उनले खाडो नदि लगायत अन्य नदिहरूको नियन्त्रण तथा रोकथाम कार्य प्रभावकारी नहुदाँ जोखिम कायमै रहेकोले स्थानिय तह सहित संघीय सरकारसहित सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिईन । 
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गरी, कोशी पीडित समाजका निर्देशक देव नारायण यादब, सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, सबल नेपालका निर्देशक दिपक झा, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डल, तिलाठी कोईलाडी गाउपालिका बिपद् संयोजक राजेश झा, सबल नेपालका परमेश्वर झा, निरबहादुर आले, रूपनी गाउपालिका बिपद् संयोजक मिथलेश यादब, खडक नगरपालिकाका अधिकृत वसन्त दासलगायत विभिन्न पालिकाका बिपद् ब्यबस्थापन समितिका प्रतिनिधि, सुरक्षा निकायहरूका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?