जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव

राजविराज राजविराज
|
आइतबार, भाद्र १९, २०७९
|
|
४० पटक हेरिएको
Shares
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • २ को ख बाट प्रदेशसभा सदस्यका लागि आकांक्षी रहेका नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले गाउँ, टोलमा पुगेर जनतासमक्ष मत माग्न लागिपरेका छन् ।
  •       यसैक्रममा आइतबार उनी राजविराज ६ खरसाल टोलमा स्थानियबासीसँग भेटघाट गर्दै वर्तमान जनप्रतिनिधिले यस क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेको प्रति असन्तुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन चाहेकोले सो खाडललाई पुरा गर्ने उनले प्रतिबद्घता ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुले जनताको घर दौलोमा पुगेर भेटघाट गर्ने क्रमलाई तिब्रता दिदैछन् । 
    सप्तरी क्षेत्र नं. २ को ख बाट प्रदेशसभा सदस्यका लागि आकांक्षी रहेका नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले गाउँ, टोलमा पुगेर जनतासमक्ष मत माग्न लागिपरेका छन् । 
    यसैक्रममा आइतबार उनी राजविराज ६ खरसाल टोलमा स्थानियबासीसँग भेटघाट गर्दै वर्तमान जनप्रतिनिधिले यस क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेको प्रति असन्तुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन चाहेकोले सो खाडललाई पुरा गर्ने उनले प्रतिबद्घता ब्यक्त गरे । 
    उनले समाजमा हरेक क्षेत्रमा विकासको कयापलट ल्याउन राजविराज सदरमुकाम रहेको क्षेत्रबाट सत्ता पक्षिय गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने बताए ।
    उनले निर्वाचित जनप्रतिनिधिले कमिशनखोरीलाई आत्मसात गरेको कारण अवस्था हाल सम्म विकसित हुन सकेको जिकिर गरे । भारतको जयपुरको नक्सामा आधारित देशकै पहिलो टाउन प्लानिङ्ग सिटि राजविराजमा कसैको ध्यान नपुगेकोमा दुःख व्यक्त गरे । 
    सो अवसरमा स्थानिय समाजसेवी, बुद्घिजिवी, महिला, युवा, पार्टीका नेता रामगमन साह, मुकेश यादव, भुपेन्द्र यादव, मनोज यादवलगायतको सहभागिता रहेको थियो । 
    सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ को (ख) मा राजविराज नगरपालिका र महादेवा गापाको वडा नं. १ पकरी तथा वडा नं. ३ बथनाहा रहेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?