टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा

राजविराज राजविराज
|
शनिबार, चैत्र ३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा

सारांश

  •     राती ८ बजेतिर पसल बन्द गरी घरमा खाना खाई सुतिरहेका बेला अचानक राती १ बजेतिर रात्री गस्तीमा रहेका प्रहरीले तपाईको पसलमा आगो लागेको छ, तु आउनुस् भनी खबर गरेपछि आफु हतार हतारमा पसल पुगेको साहले बताए ।
  •       आगो निभाउन आफुले तत्कालै राजविराज नगरपालिकाको बारुणयन्त्र शाखामा फोन गरी मद्दत मागे पनि डिउटीमा रहेका कर्मचारीले वारुणयन्त्र बिग्रीएको छ भन्दै फोन काटिदिएको उनले सुनाए ।
  •     राजविराज नगरपालिका वारुणयन्त्र शाखाका इन्चार्ज भरत पोखरेलले नगरपालिकासँग रहेको दुईटा वारुणयन्त्र मध्ये एउटा पहिलेदेखि नै बिग्रीएर थन्किएको तथा अर्को वारुणयन्त्र पनि एक साता अघि विग्रीएपछि मर्मतका लागि लहान पठाइएको बताएका छन् ।

    राजविराज÷ राजविराज वडा नं. ८ रुपनी रोडस्थित कृष्ण टेलर्स एण्ड गार्मेन्टमा शुक्रबार मध्यराती आगलागि हुँदा २० लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ । 
    आगो निभाउन तत्काल बारुणयन्त्रणको उपाय हुन नसक्दा ठुलो क्षति भएको हो । उक्त टेलर्स एण्ड गार्मेन्टसका संचालक रोहित साहका अनुसार आगलगीबाट पसलभित्रका सबै सामग्री जलेर नष्ट हुँदा आफुसहित यहाँ कार्यरत १६ जना कामदारको समेत विचल्ली भएको छ ।
    आगलगीबाट पसलमा रहेको २० वटा सिलाई मेसिन, सयौंको संख्यामा सिलाई गरि राखिएका लुगा, आइरन र फर्निचरहरु जलेर नष्ट हुँदा २२ लाख बराबरको क्षति भएको संचालक साहले जानकरी दिए । 
    राती ८ बजेतिर पसल बन्द गरी घरमा खाना खाई सुतिरहेका बेला अचानक राती १ बजेतिर रात्री गस्तीमा रहेका प्रहरीले तपाईको पसलमा आगो लागेको छ, तु आउनुस् भनी खबर गरेपछि आफु हतार हतारमा पसल पुगेको साहले बताए । 
    आगो निभाउन आफुले तत्कालै राजविराज नगरपालिकाको बारुणयन्त्र शाखामा फोन गरी मद्दत मागे पनि डिउटीमा रहेका कर्मचारीले वारुणयन्त्र बिग्रीएको छ भन्दै फोन काटिदिएको उनले सुनाए ।
    राजविराज नगरपालिका वारुणयन्त्र शाखाका इन्चार्ज भरत पोखरेलले नगरपालिकासँग रहेको दुईटा वारुणयन्त्र मध्ये एउटा पहिलेदेखि नै बिग्रीएर थन्किएको तथा अर्को वारुणयन्त्र पनि एक साता अघि विग्रीएपछि मर्मतका लागि लहान पठाइएको बताएका छन् । 
    सोही कारणले आगलगी भएको स्थलमा वारुणयन्त्र पठाउन नसकिएको उनले लाचारी सुनाए । राजविराज नगरपालिकाको वारुणयन्त्र नआउने भएपछि साहले राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्रलाई गुहारेका थिए । तर सो बेला उक्त केन्द्रको वारुणयन्त्र पनि राजविराजबाट १३ किलोमिटर टाढा रहेको पत्थरगाडामा आगो निभाएर फर्किदै गरेकाले ढिलो हुन गएको साहले बताए । 
    सनराईज बैंकमा जग्गा धितो राखि ऋण उठाएर संचालनमा ल्याएको टेलर्स एण्ड गार्मेन्ट आगलगीबाट खरानी भएपछि साह परिवार चिन्तामा डुबेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले आगलगीको कारण खुल्न नसकेको बताए । उनले संचालकले टिपाएको विवरणअनुसार २० देखि २२ लाखसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र आगलगी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ