दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिए । राजनीतिमा लामो समयदेखि सक्रिय रहेका पूर्वमुख्यमन्त्री सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा भने अध्यक्ष पदमा पराजित भए ।
यता स्थानीय तहको निर्वाचनमा पराजयपछि उनी प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नं. २ (क) बाट विजयी भएसँगै उनी मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भए ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरी र मधेशको समग्र विकास, नागरिकका हकअधिकार तथा पहिचानको सवाललाई राष्ट्रिय स्तरमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
सारांश
- उनले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिए ।
- राजनीतिमा लामो समयदेखि सक्रिय रहेका पूर्वमुख्यमन्त्री सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
- स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएको सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा भने अध्यक्ष पदमा पराजित भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया