बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा

सारांश

  •     मंगलबार राजविराजस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • उनले मधेश आन्दोलनलाई सम्मान गर्दै गजेन्द्र नारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेको समेत उल्लेख गरे ।
  •       मधेश आन्दोलनकै कारण संघीयता आएको स्मरण गराउदै उनले कसैले हलाएर संघियता नहलिने जिकिर गर्दै संघीयतालाई अझ बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १२, फागुन । 

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्वमा बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन् । 
    मंगलबार राजविराजस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेश आन्दोलनलाई सम्मान गर्दै गजेन्द्र नारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेको समेत उल्लेख गरे । 
    मधेश आन्दोलनकै कारण संघीयता आएको स्मरण गराउदै उनले कसैले हलाएर संघियता नहलिने जिकिर गर्दै संघीयतालाई अझ बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । 
    यसअघि उनले स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए । मंगलबारै काँग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार बिजय गुप्तासहित दुई दर्जन भन्दा बढी जेनजी युवा काँग्रेसमा प्रवेश गरेका छन् ।
    राजविराजको गजेन्द्र चोकमा आयोजित चुनावी सभामा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो. सज्जाद, सुल्तान, अकबर , अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुससहितका छन् ।
    यस्तै महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली काँग्र्रेस प्रवेश गरेका छन् ।
    नव प्रवेशी युवालाई काँग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रिय सभा सदस्य रन्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेश प्रदेशकी सहमहामन्त्री बिन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधान सभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली