कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
७३ पटक हेरिएको
Shares
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास

सारांश

  •     क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीहरुले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपायबारे सचेतना दिएका छन् ।
  •       विद्यार्थीहरुले कोरोना भाईरसको विभिन्न आकृति निर्माण तथा श्रव्यदृश्य लगायतका माध्यमले सचेतना फैलाउने कार्यको शुभारम्भ गरेका हुन ।
  •       कोरोना भाईरसको विभिन्न आकृति समेत राखेर भयावह बन्दै गएको कोरोना भाईरस रोगबारे सर्वसाधारण सचेत गराउने प्रयास गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजस्थित माइक्रोबायोलोजिका विद्यार्थीहरुले कोरोना भाईरसको प्रभाव र यसबाट जोगिने उपायबारे सचेतना फैलाउने उद्देश्यले बुधबार नौलो कार्यक्रमको आयोजना गरेका छन् । 
    क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीहरुले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपायबारे सचेतना दिएका छन् । 


    विद्यार्थीहरुले कोरोना भाईरसको विभिन्न आकृति निर्माण तथा श्रव्यदृश्य लगायतका माध्यमले सचेतना फैलाउने कार्यको शुभारम्भ गरेका हुन । 
    कोरोना भाईरसको विभिन्न आकृति समेत राखेर भयावह बन्दै गएको कोरोना भाईरस रोगबारे सर्वसाधारण सचेत गराउने प्रयास गरिएको छ । 
    माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत अंजली ठाकुर, आफरिन कौशर, टिना आनन्द, किरण गुप्ता, पुजा दास, पुजा साह, हिरा कुमारी साह, प्रियंका देव, आर्दश राज, शिवचन्द्र यादव र सुस्मिता सोनी गरी १० जना विद्यार्थीहरुले सचेतनामूलक कार्यक्रम तयार पारेको क्याम्पसको माईक्रोबायोलोजि विभागका प्रमुख सियाराम भगतले जानकारी दिएका छन् । 
    माईक्रोबायोलोजि विभागका प्रमुख भगतले यस्ता कार्यक्रमले कोरोना भाइरसको त्रास धेरै हदसम्म न्युनिकरण हुने विश्वास समेत व्यक्त गर्दै क्याम्पसको इतिहासमै यस्ता कार्यक्रम पहिलो पटक भएकोमा खुशी समेत व्यक्त गरे । उनले आफ्ना विद्यार्थीहरुको सहयोगमा यस्ता कार्यक्रमले क्याम्पसको साख बढेको जिकिर गरे ।   
    कार्यक्रममा श्रव्यदृश्य प्रचार सामग्री मार्फत माईक्रोबायोलोजि छात्रा अंजली ठाकुरसहित १० जना विद्यार्थीहरुले कक्षा समेत संचालन गरी सहभागीहरुलाई कोरोना भाईरस रोग र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए । 


    क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले उदघाटन गरिन ।
    कार्यक्रममा सहभागीहरुले संसारभर त्रास फैलाएको कोरोना भाईरसको त्रास र जोखिमबारे सत्य तथ्य जानकारी दिने र यसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔ भन्ने सन्देशसहित विद्यार्थीहरुले थालेको नौलो प्रयासको प्रसंसा गर्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्थाहरुले समेत यस्तो कार्यक्रमहरु संचालनमा ल्याउनुपर्ने सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
राजविराजमा राजावादीको प्रर्दशन
राजविराजमा राजावादीको प्रर्दशन