दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार सिटी स्क्यान मेशिन जडान भएको छ ।
विगत लामो समयदेखी थन्किएर रहेको सो मेशिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले सामाजिक संजाल मार्फत मेशिन जडान गरिएको फोटो सार्वजनिक गरेका छन् ।
हाल यो मेशिन नेपालको टिचिङ्ग अस्पताल, बिर अस्पताल, मेडिसिटी अस्पताल लगायत देशका ठूला–ठूला अस्पतालमा मात्र संचालन रहेको जानकारी दिँदै अस्पतालका निमित्त मेसु डा. झाले जडान गरिएको मेशिन अत्याधुनिक प्रविधीको रहेको बताए । उनले यस मेशिनबाट मुटु तथा मस्तिष्कका साथै शरीरको सम्पुर्ण अंगको स्क्यान गर्न सक्ने क्षमताको रहेको जानकारी समेत दिए ।
अस्पतालमा सिटी स्क्यानको जडान भएपछि अब बिरामीहरु अन्यत्र जाने झन्झटबा मुक्त हुने बताउँदै डा. झाले यस मेशिनलाई अपरेट गर्नका लागि रेडियोलोजिष्ट आवश्यक पर्ने हुनाले यसका लागि विज्ञापन समेत गरिएको जानकारी दिए ।
तत्कालिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रयासमा सिटि स्क्यान मेशिनका लागि बजेट बिनियोजन गरिएको थियो ।
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
सारांश
- विगत लामो समयदेखी थन्किएर रहेको सो मेशिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झाले सामाजिक संजाल मार्फत मेशिन जडान गरिएको फोटो सार्वजनिक गरेका छन् ।
- हाल यो मेशिन नेपालको टिचिङ्ग अस्पताल, बिर अस्पताल, मेडिसिटी अस्पताल लगायत देशका ठूला–ठूला अस्पतालमा मात्र संचालन रहेको जानकारी दिँदै अस्पतालका निमित्त मेसु डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया