दैनिक समाचारदाता
राजविराज, १० चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) को पहिलो दिनको अंग्रेजी परिक्षमा सप्तरी जिल्लामा २ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाई समितिका शाखा अधिकृत दीप कुमार यादवले पहिलो दिन अंग्रेजी विषयको परिक्षामा २ सय १ परीक्षार्थी अनुपस्थित भएको पाइएको जानकारी दिए । जसमध्ये ३९ जना छात्र र १ सय ६२ जना छात्रा छन् ।
जिल्लाको ३४ वटा परिक्षा केन्द्रबाट भइरहेको उक्त परिक्षामा नियमित तर्फ ८ हजार ३ सय ७३ र आशिंक (ग्रेड वृद्धि तर्फं) ४ सय १७ परीक्षार्थी सहभागी भएको समितिले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत यादवका अनुसार जिल्ला भर कायम गरिएको ३४ वटा परीक्षा केन्द्रमा ३४ केन्द्राध्यक्ष, ३४ सहायक केन्द्राध्यक्ष, ७५ परीक्षा सहायक निरीक्षक, निरीक्षक ४ सय ३५ र १ सय ६४ कार्यालय सहायक परिचालन गरिएको छ । यस्तै ४ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।
परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा नेपाल प्रहरीका उपरीक्षक विष्ट, सशस्त्र प्रहरीका उपरीक्षक खेम बहादुर थापा, शिक्षा एकाईका प्रतिनिधि सहितको टोली अनुगमनमा खटिएका छन् ।
अनुगमनमा खटिएका सञ्चारकर्मीहरु सीत कुरा गर्दै प्रजिअ पौडेलले प्रतिक्रिया दिए–‘तुलनात्मक रुपमा एसईई परीक्षा सुधारिदै छ । २÷४ वर्ष पहिले परीक्षा केन्द्रमा लाग्ने अभिभावकको मेला र बोराका बोरा चिट यसपालि देखिएको छैन ।’
यता राजविराज कारागारमा रहेका एक कैदीबन्दी र प्रहरी हिरासतमा रहेका दुई थुनुवाले समेत परिक्षा दिएका छन् ।
जबरजस्ती करणी मुद्दामा राजविराज कारागारमा बन्दी जीवन बिताई रहेका दीपेन कुमार मण्डल र लागुऔषध कारोबार अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेका करण कुमार यादव र प्रविण थापाले समेत परिक्षा दिइरहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
सारांश
- शिक्षा विकास तथा समन्वय एकाई समितिका शाखा अधिकृत दीप कुमार यादवले पहिलो दिन अंग्रेजी विषयको परिक्षामा २ सय १ परीक्षार्थी अनुपस्थित भएको पाइएको जानकारी दिए ।
- जसमध्ये ३९ जना छात्र र १ सय ६२ जना छात्रा छन् ।
- जिल्लाको ३४ वटा परिक्षा केन्द्रबाट भइरहेको उक्त परिक्षामा नियमित तर्फ ८ हजार ३ सय ७३ र आशिंक (ग्रेड वृद्धि तर्फं) ४ सय १७ परीक्षार्थी सहभागी भएको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया