एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा

राजविराज राजविराज
|
आइतबार, चैत्र १०, २०७५
|
|
७० पटक हेरिएको
Shares
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा

सारांश

  •     शिक्षा विकास तथा समन्वय एकाई समितिका शाखा अधिकृत दीप कुमार यादवले पहिलो दिन अंग्रेजी विषयको परिक्षामा २ सय १ परीक्षार्थी अनुपस्थित भएको पाइएको जानकारी दिए ।
  • जसमध्ये ३९ जना छात्र र १ सय ६२ जना छात्रा छन् ।
  •     जिल्लाको ३४ वटा परिक्षा केन्द्रबाट भइरहेको उक्त परिक्षामा नियमित तर्फ ८ हजार ३ सय ७३ र आशिंक (ग्रेड वृद्धि तर्फं) ४ सय १७ परीक्षार्थी सहभागी भएको समितिले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० चैत । 
    माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) को पहिलो दिनको अंग्रेजी परिक्षमा सप्तरी जिल्लामा २ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
    शिक्षा विकास तथा समन्वय एकाई समितिका शाखा अधिकृत दीप कुमार यादवले पहिलो दिन अंग्रेजी विषयको परिक्षामा २ सय १ परीक्षार्थी अनुपस्थित भएको पाइएको जानकारी दिए । जसमध्ये ३९ जना छात्र र १ सय ६२ जना छात्रा छन् ।
    जिल्लाको ३४ वटा परिक्षा केन्द्रबाट भइरहेको उक्त परिक्षामा नियमित तर्फ ८ हजार ३ सय ७३ र आशिंक (ग्रेड वृद्धि तर्फं) ४ सय १७ परीक्षार्थी सहभागी भएको समितिले जनाएको छ । 
    शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत यादवका अनुसार जिल्ला भर कायम गरिएको ३४ वटा परीक्षा केन्द्रमा ३४ केन्द्राध्यक्ष, ३४ सहायक केन्द्राध्यक्ष, ७५ परीक्षा सहायक निरीक्षक, निरीक्षक ४ सय ३५ र १ सय ६४ कार्यालय सहायक परिचालन गरिएको छ । यस्तै ४ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।
    परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा नेपाल प्रहरीका उपरीक्षक विष्ट, सशस्त्र प्रहरीका उपरीक्षक खेम बहादुर थापा, शिक्षा एकाईका प्रतिनिधि सहितको टोली अनुगमनमा खटिएका छन् ।
    अनुगमनमा खटिएका सञ्चारकर्मीहरु सीत कुरा गर्दै प्रजिअ पौडेलले प्रतिक्रिया दिए–‘तुलनात्मक रुपमा एसईई परीक्षा सुधारिदै छ । २÷४ वर्ष पहिले परीक्षा केन्द्रमा लाग्ने अभिभावकको मेला र बोराका बोरा चिट यसपालि देखिएको छैन ।’
    यता राजविराज कारागारमा रहेका एक कैदीबन्दी र प्रहरी हिरासतमा रहेका दुई थुनुवाले समेत परिक्षा दिएका छन् । 
    जबरजस्ती करणी मुद्दामा राजविराज कारागारमा बन्दी जीवन बिताई रहेका दीपेन कुमार मण्डल र लागुऔषध कारोबार अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेका करण कुमार यादव र प्रविण थापाले समेत परिक्षा दिइरहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव