चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव

राजविराज राजविराज
|
आइतबार, भाद्र १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव

सारांश

  •     जसपा नेपाल राजविराज नगर समितिको नवनिर्वाचित कार्यसमितको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममलाई आइतबार राजविराजमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्य रहेको बताउदै उनले अध्यक्ष यादवले खेतिपातीको समयमा मधेसमा पानीको अभाव देखिनु भनेको सरकारको गैरजिम्मेवार भएको आरोप लगाए ।
  •       “चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको छ, सुकुम्बासी व्यवस्थापनको नाममा भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमीकरण बनाउन खोजेको छ, अध्यक्ष यादवले भने–चुरे विनासका कारण मधेशमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको छ, भूमि विधेयकले थप चुरे विनास बढाउँछ र मधेश मरुभूमिमा परिणत हुने निश्चित छ ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक रुपमा चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमिमा परिणत भइरहेको  बताएका छन् ।  
    जसपा नेपाल राजविराज नगर समितिको नवनिर्वाचित कार्यसमितको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममलाई आइतबार राजविराजमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्य रहेको बताउदै उनले अध्यक्ष यादवले खेतिपातीको समयमा मधेसमा पानीको अभाव देखिनु भनेको सरकारको गैरजिम्मेवार भएको आरोप लगाए ।  
    “चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको छ, सुकुम्बासी व्यवस्थापनको नाममा भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमीकरण बनाउन खोजेको छ, अध्यक्ष यादवले भने–चुरे विनासका कारण मधेशमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको छ, भूमि विधेयकले थप चुरे विनास बढाउँछ र मधेश मरुभूमिमा परिणत हुने निश्चित छ ।”
    राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।
    अध्यक्ष यादवले मुलुकको विकासको लागि सुल्टो बाटो हिँडनु पर्नेमा सरकार झन उल्टो बाटोमा हिँड्न लागेको समेत आरोप लगाए ।
    मुलुकमा भ्रष्टाचार र बेथिति अन्तिम विन्दुमा पुगिसकेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि जसपा नेपालले नयाँ आन्दोलनको सुरूवात गर्ने यादवको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
प्रहरी उपरिक्षक सम्मानित
प्रहरी उपरिक्षक सम्मानित
मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष