दैनिक समाचारदाता
राजविराज, ९ असार ।
राजबिराजस्थित विभिन्न पसलहरुमा सोमबार अनुगमन गर्दा मूल्य सूचि नराखेको तथा म्याद गुज्ररेको सामग्रीहरू फेला पारिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय राजबिराजका प्रमुख संतोष कुमार साहको अगुवाईमा बजार अनुगमन गर्ने क्रममा पसलहरूमा मूल्य सूचि समेत नराखेको पाइएको छ ।
अनुगमनकै क्रममा हटियास्थित नागमणी किराना पसलमा म्याद गुज्रेका परमात्मा तेल ५ लिटर, पहलमान तेल अनुमानित १० लिटर उल्लेखित सामानहरू नष्ट गरिएको अनुगमन टोलीका सदस्य सुरेश कुमार सिंहले जानकारी दिएका छन् ।
त्यसै गरी राजदेबी किराना पसल र प्रेम किराना पसलमा म्याद गुज्रेर लेवल नभएका सामग्री भए बिक्री बितरण नगर्न निर्देशन दिइएको उनले बताए ।
यसैगरी राजबिराजको गोबर्धन किराना र गंगा किराना पसलको सरसफाई गरि खाद्यान्य सामग्री मिलाई ब्यबस्थित तरिकाले राख्ने र साईन वोर्ड र मूल्य सुचीलाई नियमित राख्ने निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संतोष साहले बताए ।
सो अनुगमनमा उद्योग बाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साह, उपभोक्ता हकहित मंचका अध्यक्ष राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मंचका रामकुमार यादब, पत्रकार चन्दन यादब, बैद्यनाथ झा, संजीव बिक्रम साह, लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
सारांश
- घरेलु तथा साना उद्योग कार्यालय राजबिराजका प्रमुख संतोष कुमार साहको अगुवाईमा बजार अनुगमन गर्ने क्रममा पसलहरूमा मूल्य सूचि समेत नराखेको पाइएको छ ।
- अनुगमनकै क्रममा हटियास्थित नागमणी किराना पसलमा म्याद गुज्रेका परमात्मा तेल ५ लिटर, पहलमान तेल अनुमानित १० लिटर उल्लेखित सामानहरू नष्ट गरिएको अनुगमन टोलीका सदस्य सुरेश कुमार सिंहले जानकारी दिएका छन् ।
- त्यसै गरी राजदेबी किराना पसल र प्रेम किराना पसलमा म्याद गुज्रेर लेवल नभएका सामग्री भए बिक्री बितरण नगर्न निर्देशन दिइएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया