दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा रंजित कुमार यादव दोहोरिएका छन् ।
स्वतन्त्र उम्मेदवार विनय कुमार यादव (बालेन) लाई ६१ मतले पराजित गर्दै रंजित अध्यक्ष पदमा दोहोरिएका हुन् । अघिल्लो स्ववियुको निर्वाचनमा पनि समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट उम्मेदवार रहेका रंजित यादव नै अध्यक्ष पद जितेका थिए ।
उनी समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (क्रान्तिकारी) गठबन्धनका साझा उम्मेदवार थिए ।
अघिल्लो दिन मंगलबार राती ९ बजे देखि शुरु भएको मतगणनाको प्रत्यक्षतर्फ पदाधिकारीहरुको अन्तिम परिणाम बुधवार विहान सार्वजनिक भएको हो ।
जसअनुसार अध्यक्ष पदमा रंजितले ३ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनय कुमार यादवले ३ सय ३२ मत प्राप्त गरे ।
अनेरास्ववियु र अशोकराई नेतृत्वको जसपा निकट समाजवादी विद्यार्थी युनियन गठबन्धनकी उम्मेदवार मनिषा कुमारी साह ३ सय ३१ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन् ।
नेवि संघ र लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धनका अध्यक्ष पदका उम्मेदवार नितिश कुमार यादव १ सय २ तथा जनमत विद्यार्थी संघका अध्यक्ष पदका उम्मेदवार त्रिवेणी कुमार यादवले ८२ मत प्राप्त गरे ।
त्यस्तै सचिव पदमा ३ सय ९५ मत ल्याई समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारी गठबन्धनकै मुकेश कुमार साह र सर्वाधिक ४ सय १० मत ल्याई कोषाध्यक्ष पदमा कंचन कुमारी ठाकुर निर्वाचित भएकी छिन् ।
सात सदस्य पदका लागि भएको निर्वाचनमा समाजवादी विद्यार्थी युनियन नेपालका भुपेन कुमार राय, सिताकुमारी मंडल, पुजा कुमारी गुप्ता, अखिल क्रान्तिकारीका कन्चन कुमारी ठाकुर, जयकृष्ण कुमार यादव तथा अनेरास्ववियुका मनिता कुमारी यादव, प्रियंका चौधरी र राहुल देव मंडल निर्वाचित भएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिएका छन् । कूल २ हजार ७ सय ३१ मतदाता रहेको स्ववियु निर्वाचनमा १ हजार २ सय ७२ मत खसेको थियो ।
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए
सारांश
- स्वतन्त्र उम्मेदवार विनय कुमार यादव (बालेन) लाई ६१ मतले पराजित गर्दै रंजित अध्यक्ष पदमा दोहोरिएका हुन् ।
- अघिल्लो स्ववियुको निर्वाचनमा पनि समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट उम्मेदवार रहेका रंजित यादव नै अध्यक्ष पद जितेका थिए ।
- उनी समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (क्रान्तिकारी) गठबन्धनका साझा उम्मेदवार थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया