राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण

सारांश

  •     तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अतिजिर्ण अवस्थामा पुगेपनि त्यसको मर्मतसम्भारका लागि कसैले पहल गरेको छैन् ।
  • रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।

    सप्तरी सदरमुकाम राजविराजको मुटुमा रहेको एतिहासिक राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण अवस्थामा पुगेको छ । 
    तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अतिजिर्ण अवस्थामा पुगेपनि त्यसको मर्मतसम्भारका लागि कसैले पहल गरेको छैन् । रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ । 
    बि.स. २०३६ सालमा निर्माण गरिएको उक्त रंगशाला आवश्यक मरमत सम्भारमा कसैको चासो नदेखिएपछि खेलाडी र खेलप्रेमीमा निराशा छाएको छ । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी जन्माएको रंगशालाको अविलम्ब संरक्षण हुनुपर्ने जिल्ला फुटबल संघ सप्तरीका महासचिव रमेश श्रेष्ठको भनाई छ । 
    जिर्ण रंगशालाले जोखिम बढाएको छ भने मैदान भित्रको फोहोर मैला व्यवस्थापन हुन नसक्दा खेलाडीको अभ्यास समेत प्रभावित भएको उनी बताउँछन् । राजविराजको प्रतिष्ठासंग जोडिएको एतिहासिक रंगशाला जोखिमपुर्ण र बेहाल अवस्थामा हुनु दुर्भाग्यपुर्ण भएको भन्दै उनले यसको संरक्षणका लागि गम्भिर बन्नुपर्ने बताए ।
    रंगशालाको प्यारापिट मुनी बर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा गरेर बसोबास गरिरहेका छन् । प्यारपिटमुनी अतिक्रमण तथा संरक्षणका लागि सम्बन्धित निकायले चासो नदिदा मैदान अहिले दिशा पिसाव गर्ने, गाई बस्तु चराउने र सवारी साधन चलाउन सिक्ने थलोको रुपमा परिणत हुन थालेको छ । 
    रंगशालको स्तरोन्नती योजना लिएर पटक पटक राष्ट्रिय खेलकुद परिषद तथा खेलकुद मन्त्रालय समक्ष बजेट विनियोजनको लागि पहल गरेपनि आश्वासन बाहेक केही नपाइएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टंक प्रसाद मण्डल बताउँछन् । आवश्यक बजेट उपलब्ध नहुँदा दुई विगहा सात कठ्ठा चार धुर क्षेत्रफल ओगटेको रंगशाला अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
प्रेस काउन्सीलको वर्गिकरणमा  राजविराज दैनिक पुनः “क” वर्गमा 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न