राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०८२
|
|
६४ पटक हेरिएको
Shares
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण

सारांश

  •     तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अतिजिर्ण अवस्थामा पुगेपनि त्यसको मर्मतसम्भारका लागि कसैले पहल गरेको छैन् ।
  • रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।

    सप्तरी सदरमुकाम राजविराजको मुटुमा रहेको एतिहासिक राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण अवस्थामा पुगेको छ । 
    तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अतिजिर्ण अवस्थामा पुगेपनि त्यसको मर्मतसम्भारका लागि कसैले पहल गरेको छैन् । रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ । 
    बि.स. २०३६ सालमा निर्माण गरिएको उक्त रंगशाला आवश्यक मरमत सम्भारमा कसैको चासो नदेखिएपछि खेलाडी र खेलप्रेमीमा निराशा छाएको छ । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी जन्माएको रंगशालाको अविलम्ब संरक्षण हुनुपर्ने जिल्ला फुटबल संघ सप्तरीका महासचिव रमेश श्रेष्ठको भनाई छ । 
    जिर्ण रंगशालाले जोखिम बढाएको छ भने मैदान भित्रको फोहोर मैला व्यवस्थापन हुन नसक्दा खेलाडीको अभ्यास समेत प्रभावित भएको उनी बताउँछन् । राजविराजको प्रतिष्ठासंग जोडिएको एतिहासिक रंगशाला जोखिमपुर्ण र बेहाल अवस्थामा हुनु दुर्भाग्यपुर्ण भएको भन्दै उनले यसको संरक्षणका लागि गम्भिर बन्नुपर्ने बताए ।
    रंगशालाको प्यारापिट मुनी बर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा गरेर बसोबास गरिरहेका छन् । प्यारपिटमुनी अतिक्रमण तथा संरक्षणका लागि सम्बन्धित निकायले चासो नदिदा मैदान अहिले दिशा पिसाव गर्ने, गाई बस्तु चराउने र सवारी साधन चलाउन सिक्ने थलोको रुपमा परिणत हुन थालेको छ । 
    रंगशालको स्तरोन्नती योजना लिएर पटक पटक राष्ट्रिय खेलकुद परिषद तथा खेलकुद मन्त्रालय समक्ष बजेट विनियोजनको लागि पहल गरेपनि आश्वासन बाहेक केही नपाइएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टंक प्रसाद मण्डल बताउँछन् । आवश्यक बजेट उपलब्ध नहुँदा दुई विगहा सात कठ्ठा चार धुर क्षेत्रफल ओगटेको रंगशाला अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
ब्राउन सुगरसहित यूवक पक्राउ
ब्राउन सुगरसहित यूवक पक्राउ
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी