तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
४५ पटक हेरिएको
Shares
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु

सारांश

  •     तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २० महिला तथा ६२ पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।
  •       पहिलो दिन नेपाली पहलमानहरुले पुरुषतर्फका सबै प्रतिष्पर्धा जितेका छन् भने महिलातर्फ भएको एक खेलमा भारतीय खेलाडी बिजयी भएका छन् ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
    सप्तरीको तिलाठीमा बिहीबारदेखी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु भएको छ । 
    तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २० महिला तथा ६२ पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । 
    पहिलो दिन नेपाली पहलमानहरुले पुरुषतर्फका सबै प्रतिष्पर्धा जितेका छन् भने महिलातर्फ भएको एक खेलमा भारतीय खेलाडी बिजयी भएका छन् । 
    बि.स. २०४२ सालमा राजतन्त्र बिरुद्धको आन्दोलनमा ज्यान गुमाएका तिलाठी निवासी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ । 
    सरस्वती पूजनोत्सव तथा बसन्त पंचमीको मेलाको अवसर पारेर विगत ११ वर्षदेखी तिलाठीमा नियमित पूजा तथा मेला समितिद्वारा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ । 
    गाउँपालिका, स्थानियवासी तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित प्रतियोगिताको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उद्घाटन गरे । 
    उद्घाटन गर्दै मन्त्री साहले देशकै प्रतिष्ठा बढाउने खेलकुदमा लागेका खेलाडीहरुका लागि राज्य पक्षबाट उचित सुविधा र प्रोत्साहन दिन नसकिरहेको अवस्थामा पनि प्रदेश सरकारले खेलाडीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम बनाएको जानकारी दिए । 
    वडा अध्यक्ष दिनेश्वर मिश्रले परम्परागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको बताए ।
    वडा अध्यक्ष मिश्रकै अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्व. मिश्रकी आमा चपलादेवी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपा प्रदेश २ का मुख्य सचिव शम्भु झालगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
६९ जना छात्रालाई साईकल वितरण
६९ जना छात्रालाई साईकल वितरण
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
किसान संगठनको कार्यसमिति चयन 
किसान संगठनको कार्यसमिति चयन 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा