सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर

राजविराज राजविराज
|
आइतबार, मंसिर २९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर

सारांश

  •     कोशी टप्पु बन्यजन्तु आरक्ष हुँदै जिल्लाको कंचनरुप नगरपालिकासहित केष्णासवरण अग्निसाइर गाउँपालिकामा आउने जंगली हात्तिको समूहले ठूलै धनमालको क्षति गर्ने गरेको छ ।
  • हात्तिको आक्रमणबाट झण्डै एक दर्जन व्यक्तिले समेत ज्यान गुमाउनु परेको छ ।
  •       यसैबीच शनिबार कञ्चनरुप नगरपालिकामा जङ्गली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ भने एक बयोबृद्ध घाईते भएका छन् ।

    राजविराज÷सप्तरीमा हात्तिलगायत जंगली जनावरको आतंकले जनजिवन अशान्त बन्दै गएको । यो समस्या आजको नभई डेढ दशक बढी भइसक्यो तर, आजसम्म समस्याको समाधान हुन सकेको छैन् । 
    पछिल्लो पटक जंगली जनावरले एक महिलाको ज्यान लिएको छ भने अर्का बयोबृद्धलाई गम्भिर घाइते बनाएको छ । 
    यता जंगली जनावर र हात्ति नियन्त्रण तथा समस्या समाधानका लागि चालु आ.ब.मा संसदीय विकास कोष रकमबाट प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव र राज्यसभा सदस्य सुमनराज प्याकुरेलले ६ करोड रुँपैया समेत छुट्याएका छन् । 
    कोशी टप्पु बन्यजन्तु आरक्ष हुँदै जिल्लाको कंचनरुप नगरपालिकासहित केष्णासवरण अग्निसाइर गाउँपालिकामा आउने जंगली हात्तिको समूहले ठूलै धनमालको क्षति गर्ने गरेको छ । हात्तिको आक्रमणबाट झण्डै एक दर्जन व्यक्तिले समेत ज्यान गुमाउनु परेको छ । 
    यसैबीच शनिबार कञ्चनरुप नगरपालिकामा जङ्गली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ भने एक बयोबृद्ध घाईते भएका छन् ।
    यसरी ज्यान गुमाउनेमा कंचनरुप नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षीया सीतादेवी सदा रहेकी छिन् ।     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दिउसो ३ बजे उनलाई जंगलमा घाँस काट्ने क्रममा जंगली बँदेलले आक्रमण गरेको थियो । सो आक्रमणबाट सदा घाटीमा गहिरो चोट लागेर गम्भिर घाईते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल लगेपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
    त्यसैगरी शनिबारै जंगली हात्तिको आक्रमणमा परि कञ्चनरुप नगरपालिका वडा नं. १२ श्रावणपुर बस्ने ७५ वर्षीय सनमान भुजेल घाइते भएका छन । आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा भुजेललाई अचानक जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
    उनलाई स्थानिय स्वास्थ्य चौकी कंचनपुरमा उपचार गराई थप उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर तर्फ लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
मन्सापुरमा धान दिवस मनाइयो
मन्सापुरमा धान दिवस मनाइयो
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र