दैनिक समाचारदाता
राजविराज, ५ असार ।
जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको मिति तय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजद्वारा आइतबार जारि सूचनामा निर्वाचन कार्यक्रम प्रकाशित गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीद्वारा हस्ताक्षरित सूचनामा असार ७ गतेदेखी असार १२ गतेसम्म निर्वाचनको विभिन्न कार्यक्रमहरु तय गरिएको छ ।
सूचनामा असार ७ गते मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन मतदाता नामावली सच्याउन र छुट नाम समावेश गर्न दरखास्त तथा संशोधित मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ ।
त्यस्तै असार ८ गते मातदाताको बिरोधमा उजुरी दिने, मतदाताको बिरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।
यसैगरि असार ९ गते उम्मेदवारको मनोनयन दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको बिरोधमा उजुरी दिने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै असार १० गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
असार ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरि असार १२ गते मतदान गर्ने कार्यक्रम तय गरिएको सो सूचनामा उल्लेख छ ।
१८ स्थानीय तह रहेको सप्तरीमा जिल्ला समन्वय समितिका कुल ३६ मतदाता रहेका छन् । ती मध्ये नेपाली काँग्रेसको सर्वाधिक १२ मत रहेको छ । यस्तै जसपाको ८, लोसपाको ५, नेकपा एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संग २÷२ मत रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
असार १२ गते जिल्ला समन्वय समिती सप्तरीको निर्वाचन
सारांश
- मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीद्वारा हस्ताक्षरित सूचनामा असार ७ गतेदेखी असार १२ गतेसम्म निर्वाचनको विभिन्न कार्यक्रमहरु तय गरिएको छ ।
- सूचनामा असार ७ गते मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन मतदाता नामावली सच्याउन र छुट नाम समावेश गर्न दरखास्त तथा संशोधित मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ ।
- त्यस्तै असार ८ गते मातदाताको बिरोधमा उजुरी दिने, मतदाताको बिरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया