दैनिक समाचारदाता
राजविराज, ५ असार ।
जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको मिति तय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजद्वारा आइतबार जारि सूचनामा निर्वाचन कार्यक्रम प्रकाशित गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीद्वारा हस्ताक्षरित सूचनामा असार ७ गतेदेखी असार १२ गतेसम्म निर्वाचनको विभिन्न कार्यक्रमहरु तय गरिएको छ ।
सूचनामा असार ७ गते मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन मतदाता नामावली सच्याउन र छुट नाम समावेश गर्न दरखास्त तथा संशोधित मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ ।
त्यस्तै असार ८ गते मातदाताको बिरोधमा उजुरी दिने, मतदाताको बिरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।
यसैगरि असार ९ गते उम्मेदवारको मनोनयन दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको बिरोधमा उजुरी दिने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै असार १० गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
असार ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरि असार १२ गते मतदान गर्ने कार्यक्रम तय गरिएको सो सूचनामा उल्लेख छ ।
१८ स्थानीय तह रहेको सप्तरीमा जिल्ला समन्वय समितिका कुल ३६ मतदाता रहेका छन् । ती मध्ये नेपाली काँग्रेसको सर्वाधिक १२ मत रहेको छ । यस्तै जसपाको ८, लोसपाको ५, नेकपा एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संग २÷२ मत रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
असार १२ गते जिल्ला समन्वय समिती सप्तरीको निर्वाचन
सारांश
- मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीद्वारा हस्ताक्षरित सूचनामा असार ७ गतेदेखी असार १२ गतेसम्म निर्वाचनको विभिन्न कार्यक्रमहरु तय गरिएको छ ।
- सूचनामा असार ७ गते मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन मतदाता नामावली सच्याउन र छुट नाम समावेश गर्न दरखास्त तथा संशोधित मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ ।
- त्यस्तै असार ८ गते मातदाताको बिरोधमा उजुरी दिने, मतदाताको बिरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया