दैनिक समाचारदाता
राजविराज, २२ असार ।
राजविराजमा संचालित प्रथम राष्ट्रिय महिला आमन्त्रण कबडी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ ।
राजविराज नगरपालिका ८ स्थित राधाकृष्ण मन्दिर परिसरमा बुधवार सम्पन्न फाइनल खेलमा झापालाई ४४–२७ अंकको अन्तरले हराउँदै सो उपाधिमाथि जित हासिल गरेको हो ।
फाइनल खेलमा जितसँगै धनुषाले ट्रफी र नगद ५० हजार हात पारेको छ । उपविजेता झापाले नगद ३५ हजार र ट्रफीमा चित्त बझायो ।
फाइनल खेलको ओमेन अफ द म्याच धनुषाकी विद्या साह घोषित भइन । यस्तै वेस्ट रेडर झापाकी राधिका कुँवर र वेस्ट डिफेन्डर धनुषाकी सिता साह घोषित भइन ।
आयोजित प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर, धनुषा र सप्तरीका गरी कुल छ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिता समाप्ती पछि जिल्ला कबडी संघका अध्यक्ष धिरेन्द्र वर्माको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी राजविराज नगरपालिकाका मेयर भिमराज यादव, प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक एवम् अखिल नेपाल कबडी संघका कोषाध्यक्ष अरविन्द झा, सचिव रतिया राजवंशी, जिल्ला उपाध्यक्ष अखिलेश झा लगायतले विजेता उपविजेतालाई पुस्कार वितरण गरेका थिए ।
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि
सारांश
- राजविराज नगरपालिका ८ स्थित राधाकृष्ण मन्दिर परिसरमा बुधवार सम्पन्न फाइनल खेलमा झापालाई ४४–२७ अंकको अन्तरले हराउँदै सो उपाधिमाथि जित हासिल गरेको हो ।
- फाइनल खेलमा जितसँगै धनुषाले ट्रफी र नगद ५० हजार हात पारेको छ ।
- उपविजेता झापाले नगद ३५ हजार र ट्रफीमा चित्त बझायो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया