किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप

राजविराज राजविराज
|
बिहिबार, बैशाख १, २०७९
|
|
२० पटक हेरिएको
Shares
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप

सारांश

  •     संघमा आवद्ध जनज्योति युवा क्लब, प्रोग्रेसिभ युवा क्लब, युवा खेलकुद मंच, हिरोज स्पोटिंग क्लब, क्रिएटिभ युवा क्लब, नमोबुध युवा क्लब, हिमालय क्लब लगायतका क्लबका पदाधिकारीले किर्ते गरी गोप्य ढंगले गराउन लागीएको संघको निर्वाचन रोक्न र सो को छानवीन माग समते गरेका छन ।
  •       संघले किर्ते गरी तयार पारिएको मतदाता नामावलीको आधारमा २०७९ बैशाख १ गते निर्वाचन गराउन लागेको खबर पाएका छौं, पत्रकार सम्मेलनमा जनज्योती क्लबका सचिव नवराज अधिकारीले भने“आफ्नो अनुकुल नेतृत्व ल्याउन अबैध र गोप्य ढंगले गर्न लागिएको निर्वाचन कुनै पनि हालतमा स्किार्य छैन ।
  •       उनले क्लबको पुर्ण बैठकबाट निर्णय गरी मताधिकारका लागी संघमा बुझाएको मतदाताको नाम परिवर्तन गरी अध्यक्ष देवेन्द्रमान सिंह वस्नेतले आफु खुशी नाम परिवर्तन गरी मतदाता नामावली तयार पारेको दाबी गर्दै प्रमाणका रुपमा संघद्वारा तयार पारिएको मतदाता नामावली र आफ्नो क्लबले निर्णय गरी पठाएको ब्यक्तीको नाम र निर्णय पुस्तिका समेत सार्वजनिक गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० चैत । 
    जिल्ला फुटवल संघ सप्तरीमा आवद्ध एक दर्जन फुटवल संघसंस्थाहरुले नेतृत्वमाथी किर्ते गरी निर्वाचन गराउन लागेको आरोप लगाएको छ । बुधवार ती संस्थाहरुले पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन् । 
    संघमा आवद्ध जनज्योति युवा क्लब, प्रोग्रेसिभ युवा क्लब, युवा खेलकुद मंच, हिरोज स्पोटिंग क्लब, क्रिएटिभ युवा क्लब, नमोबुध युवा क्लब, हिमालय क्लब लगायतका क्लबका पदाधिकारीले किर्ते गरी गोप्य ढंगले गराउन लागीएको संघको निर्वाचन रोक्न र सो को छानवीन माग समते गरेका छन । 
    संघले किर्ते गरी तयार पारिएको मतदाता नामावलीको आधारमा २०७९ बैशाख १ गते निर्वाचन गराउन लागेको खबर पाएका छौं, पत्रकार सम्मेलनमा जनज्योती क्लबका सचिव नवराज अधिकारीले भने“आफ्नो अनुकुल नेतृत्व ल्याउन अबैध र गोप्य ढंगले गर्न लागिएको निर्वाचन कुनै पनि हालतमा स्किार्य छैन । 
    उनले क्लबको पुर्ण बैठकबाट निर्णय गरी मताधिकारका लागी संघमा बुझाएको मतदाताको नाम परिवर्तन गरी अध्यक्ष देवेन्द्रमान सिंह वस्नेतले आफु खुशी नाम परिवर्तन गरी मतदाता नामावली तयार पारेको दाबी गर्दै प्रमाणका रुपमा संघद्वारा तयार पारिएको मतदाता नामावली र आफ्नो क्लबले निर्णय गरी पठाएको ब्यक्तीको नाम र निर्णय पुस्तिका समेत सार्वजनिक गरेका छन् । 
    पत्रकार सम्मेलनमा खडक नगरपालिकास्थित नमोबुध क्लबका मताधिकार प्राप्तकर्ता एवं फुटवलका प्रशिक्षक रमेश श्रेष्ठले आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउन संघका अध्यक्ष बस्नेतले विपक्षमा देखिएका क्लबहरुको मताधिकार प्राप्त कर्ता ब्यक्तिहरुको नाम रातारात किर्ते गरी परिर्वतन गरेको दाबी गर्दै सोको उच्चस्तरीय छानवीन हुनु पर्ने माग गरे । 
    पत्रकार सम्मेलनमा हिमालय क्बलका उपसचिव शैलेन्द्र कुमार दास, प्रोग्रेसिभ युवा क्लबका उपाध्यक्ष एक्शन कुमार लेखी, श्री युवा खेलकुद मञ्चका अध्यक्ष धु्रव नारायण चौधरी, हिरोज स्र्पाेटिंग क्लबका सचिव चन्द्र किशोर चौधरी र क्रिएटिभ युवा क्लबका कोषाध्यक्ष हरीहर कुमार चौधरी लगायतले पनि बोल्दै संघको. निर्वाचन रोकी निर्वाचन प्रक्रियाको सम्पुर्ण छानवीन र दोषीमाथी कारवाहीको माग गरेका छन् । 
    यता क्बलहरुका आरोपबारे जिज्ञासा राख्दा फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह वस्नेतले सो आरोपहरु निराधार भएको र निर्वाचन प्रक्रिया विधी सम्मत ढंगले नै अघि बढाएको दाबी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति