दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
एक महिलाले सुस्तमनस्थिति भएका आफ्नो छोराको औषधी उपचार गराउन नसकेर फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी छिन ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरी आफनो माइला छोरा २२ वर्षिय प्रविणलाई विगत ५ वर्षदेखी यसरी फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी हुन् ।
आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर विगत ५ वर्ष देखी खुट्टामा सिक्री बाँधेर छोरालाई राख्नु परेको आमा एश्वरीको भनाइ छ । सुस्त मनस्थिती भएका छोरालाई चोटपटक नलागोस् र बाहिर गएर झैगडा नगरोस् भनेर सिक्रीमा बाँधेर घर भित्र राख्ने गरेको उनले बताइन् ।
१७ वर्षको उमेर हुदा अचानक छोरा सुस्त मनस्थिती रोगले पीडित भएको उनको भनाई छ । सो विपतले आफूलाई परेको तनाव कम नहुँदै त्यसको केही दिनपछि नै जेठो छोरा रविन पनि वेपत्ता भएको उनले बताइन् । रवीनको अवस्था हालसम्म अज्ञात छ ।
कान्छो छोरा संतोष भने हाल काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । एउटा छोरा सुस्त मनस्थितीले विरामी र अर्काे वेपत्ता भएपछि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि चौधरी परिवारमा अर्को विपत्ति आइप¥यो । छोराहरुको शोक मै उनको निधन भएको एश्वरी बताउँछिन । परिवार चलाउने एकमात्र अभिभावक पनि नरहेपछि घर व्यवहार चलाउन समस्या भएको उनले बताईन ।
प्रविण बाँधेकै स्थानमा शौच गर्छन । हातखुट्टा राम्रोसंग नचल्ने भएकाले आमाले नै नुहाई धुवाई, लुगा फेर्ने र खाना खुवाइ दिने सम्मको काम गर्न परेको छ । ५ वर्षको अवधिमा एक पल्ट सिक्री खोल्दा भागेको र एक जना गाउँलेलाई लठ्ठीले हिर्काएर घाइते बनाइदिएपछी २४ सैं घण्टा बाँधेर राख्न थालिएको उनले सुनाईन ।
अहिले अर्काको खेतमा मजदुरी गरेर परिवार धान्दै आएकी उनले आर्थिक अभावले उपचार गर्न नसकेको लाचारी ब्यक्त गरेकी छिन । १५÷१६ वर्ष सम्मका हुदाँ छोरा स्वस्थ्य र फुर्तिलो भएपनि १७ वर्षको लाग्दा अचानक समस्या देखिन थालिएको उनले बताईन ।
रकम अभावमा बेलैमा उपचार गराउन नसकेर अहिले यसरी बाँधेर राख्नु परेको उनको भनाइ छ । खाटको छेउमा रहेको बासको खुट्टामा बाँधेर राखेको छोरालाई देखाउँदै उनले भनिन्–“गरिब भएपछी आपूmले जन्माएको छोरालाई गाइवस्तु जसरी बाँधेर राख्नु परेको छ ।”
सम्पतीको नाममा उनको ३ धुरमा बनेको फुसको २ वटा झुप्रो छन । समस्या परेका वेला सोही जग्गा देखाएर उनले गाउँ कै एक बचत सहकारी संस्थाबाट ५ हजार ५ सय रुपैया ऋण सापटी पनि लिएकी छिन ।
उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागी सबैसँग सहयोगको याचना गरेकी छिन । उनले सहयोगका लागी ९८११३४७४१९मा सम्पर्क गर्न समेत सबै संग आग्रह गरेकी छिन ।
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
सारांश
- सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरी आफनो माइला छोरा २२ वर्षिय प्रविणलाई विगत ५ वर्षदेखी यसरी फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी हुन् ।
- आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर विगत ५ वर्ष देखी खुट्टामा सिक्री बाँधेर छोरालाई राख्नु परेको आमा एश्वरीको भनाइ छ ।
- सुस्त मनस्थिती भएका छोरालाई चोटपटक नलागोस् र बाहिर गएर झैगडा नगरोस् भनेर सिक्रीमा बाँधेर घर भित्र राख्ने गरेको उनले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया