दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको रुपनि गाउँपालिका ६ जगमोहनस्थित पुर्व पश्चिम राजमार्गमा आइतबार साँझ ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भिर छ ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.४ख. २६०८ नं. को ट्रक र विपरित दिशातर्फ आउदै गरेको बा.०१–०२८च.२२१५ नम्बरको विङगर एक आपसमा ठोकिएको हो ।
सो दुर्घटनामा घाइते हुनेहरुमा विङगर चालक सिरहा २४ मनहरबा बस्ने दिलिप कुमार राम, सोही जिल्ला सुखिपुर राकेश प्रसाद साह, उनको श्रीमती पिंकी कुमारी साह, ५ वर्षिय छोरा युमान साह, साली शितल कुमारी साह, लहान १ बस्ने गणेश साह, ६ वर्षिय छोरा अवास साह, रमेश कुमार साह, निजको श्रीमती मुनि देवि साह, पर्सा बिरगंज ३ बस्ने राकेश कुमार गुप्ता, निजको श्रीमती अभा देवी गुप्ता, भारतको सितागढी बस्ने रोशन साह, लहान ८ सुखिपुर बस्ने उमेश साहकी छोरी आरती कुमारि साह, राकेश साहको छोरा ८ वर्षिय छोरा आरभ कुमार साह घाइते भएको प्रहरीले जनाएको ।
घाइते मध्ये आवास साह र रमेश कुमार साहको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी बिराटनगरस्थित न्युरो अस्पताल लगिएको तथा अन्यहरुको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रक तथा चालक सुनसरी ईटहरी ११ सिमरवना निवासी बिसाल खा र विङगरलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
सारांश
- पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.
- ४ख.
- २६०८ नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया