दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराज नगरपालिकाले छिमेकी मुलुक भारत बिहार राज्य अन्तरगत दरभंगाकी मेयर मुन्नी देवीलाई आइतबार अभिनन्दन गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनलाई अभिनन्दन गरेका हुन् ।
अभिनन्दन समारोहमा बोल्दै दरभंगाकी मेयर मुन्नी देवीले नेपाल भारतबीच रहेको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् ।
रोटी बेटीको सम्बन्धलाई अझै घनिष्ट बनाउनका लागि आफ्नो क्षेत्रबाट सदा प्रयत्नशिल रहने बताउँदै उनले सप्तरी र भारतको सीमावर्ती कुनौली बजार क्षेत्र जोड्ने जीर्ण पुलको मरमत सम्भार गरी नयाँ संरचनाको नेपाल भारतमैत्री पुल निर्माणका लागि आफूले पहल गर्ने समेत बताइन् ।
अभिनन्दन समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई विगार्न विभिन्न चलखेल हुने गरेको बताउँदै यसबाट दुई देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाले पाहुना भारतीय मेयरलाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, समाजसेवी उमेश साह लगायतले पनि शुभकामना दिएका थिए । यसअघि मेयर मुन्नी देवीले सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पुगेर पुजापाठ गरेकी थिइन् ।
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
सारांश
- राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनलाई अभिनन्दन गरेका हुन् ।
- अभिनन्दन समारोहमा बोल्दै दरभंगाकी मेयर मुन्नी देवीले नेपाल भारतबीच रहेको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् ।
- रोटी बेटीको सम्बन्धलाई अझै घनिष्ट बनाउनका लागि आफ्नो क्षेत्रबाट सदा प्रयत्नशिल रहने बताउँदै उनले सप्तरी र भारतको सीमावर्ती कुनौली बजार क्षेत्र जोड्ने जीर्ण पुलको मरमत सम्भार गरी नयाँ संरचनाको नेपाल भारतमैत्री पुल निर्माणका लागि आफूले पहल गर्ने समेत बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया