कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 

राजविराज राजविराज
|
मंगलबार, श्रावण ३, २०७९
|
|
६७ पटक हेरिएको
Shares
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 

सारांश

  •     रोपाईको समय वित्न लाग्दा पनि मलखादको व्यवस्था नभएको तथा किसानको समस्या समाधान नगरेको भन्दै मन्त्री यादव बिरुद्ध जनमत पार्टीले सो प्रदर्शन गरेको हो ।
  •       जनमत पार्टीको आह्वानमा गाउँ गाउँबाट आएका किसानहरुले राजविराजमा कृषि मन्त्री यादवविरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका हुन् ।
  • लस्     उनीहरुले कृषि मन्त्री हाय हाय, कृषि मन्त्री राजीनामा दे, कृषि मन्त्री मुर्दावाद, मलखादको व्यवस्था गर, जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर, किसानको समस्या समाधान गर लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्रको परिक्रमा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ साउन । 
    रोपाईका लागि मलखादको व्यवस्था नभएको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवको गृह जिल्ला सप्तरीमा मंगलबार प्रदर्शन भएको छ । 
    रोपाईको समय वित्न लाग्दा पनि मलखादको व्यवस्था नभएको तथा किसानको समस्या समाधान नगरेको भन्दै मन्त्री यादव बिरुद्ध जनमत पार्टीले सो प्रदर्शन गरेको हो । 
    जनमत पार्टीको आह्वानमा गाउँ गाउँबाट आएका किसानहरुले राजविराजमा कृषि मन्त्री यादवविरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका हुन् । लस्
    उनीहरुले कृषि मन्त्री हाय हाय, कृषि मन्त्री राजीनामा दे, कृषि मन्त्री मुर्दावाद, मलखादको व्यवस्था गर, जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर, किसानको समस्या समाधान गर लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्रको परिक्रमा गरेका थिए । 
    प्रर्दशन पश्चात जनमत पार्टी आवद्ध किसानहरु जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी जर्नादन गौतममार्फत प्रधानमन्त्रीलाई किसानसँग सम्बन्धित विभिन्न १२ बुँदे मागसहितको ज्ञापन पत्र समेत बुझाएका छन् । 
    यस्तै वेमौसमी हावाहुरी र वर्षाले बालीनालीमा भएको हानी नोक्सानीको क्षतीपुर्ती, किसान कार्डको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरीय समितीको गठन र किसान आन्दोलनका क्रममा झुठा मृद्दा लगाई पक्राउ परेकाहरुको मुद्दा खारेजी लगायतका माग पनि अघि सार्दै उक्त माग अविलम्ब सम्बोधन नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ । 
    जनमत पार्टीका जिल्ला इन्र्चाज ममता झा, केन्द्रीय सदस्य सुरेन्द्र शर्मा मधेशी, पुर्व जिल्ला संयोजक चन्देश्वर मण्डल किसान, युवा नेता रघुनन्दन यादव लगायतको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा समयमै मलखाद र विउ विजनको व्यवस्था, सिंचाईको व्यवस्था, सिंचाइ प्रयोजनका लागी विजुली निशुल्क, कृषि उपजको सर्मथन मुल्य निर्धारण, किसानलाई पेन्शनको व्यवस्था गर्नू पर्ने उल्लेख गरिएको छ । 
    ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाई दिने प्रतिबद्धता जनाएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
सडक मर्मत सम्भार हुन  नसक्दा दिनहुँजसो दुर्घटना 
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?