राजविराज÷आजदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट ९ हजार भन्दा बढी परीक्षार्थीहरू सहभागी हुदैछन् ।
सप्तरीवाट यसपाली उक्त परिक्षामा कुल ९ हजार ९८ जना परीक्षार्थी सहभागिता हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ । यता मुलुकभरवाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागिता हुँदैछन ।
परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्यार्थी परिक्षामा सहभागी हुदैछन् ।
उक्त बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकर लुईटेलले जानकारी दिएका छन् ।
परिक्षालाई ३३ वटा केन्द्र मार्फत संचालन गर्ने र परीक्षालाई मर्यादित, शान्त, र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको शिक्षा बिकास तथा समन्वय शाखा प्रमुख बिरेन्द्र चौधरीले बताए ।
सप्तरीमा गत बर्ष ८ हजार ५ सय १४ र आंशिक तर्फ १ हजार १३ गरि कुल ९ हजार ५ सय ९७ बिद्यार्थी माध्यमिक शिक्षा परिक्षामा सहभागीता जनाएका थिए ।
उक्त परिक्षामा ३४ जना केन्द्राध्यक्ष, तथा सहायक केन्द्राध्यक्ष, परीक्षा सहायक ७५ जना, ४३५ जना निरिक्षक र १ सय ६४ जनालाई कार्यलय सहायक तोकिएको छ ।
मर्यादित तथा शान्तिपुर्ण वातावरणमा परीक्षा सम्पन्न गराउने प्रतिबद्धता
सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा माध्यमिक परिक्षा समितिका अध्यक्ष सुरेन्द्र पौडेलले एसइई परिक्षालाई मर्यादित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन सम्पुर्ण केन्द्राअध्यक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
प्रजिअ पौडेलले परिक्षालाई स्थानिय तहसँग पनि समन्वय गरेर सप्तरीमा नमुना मर्यादित, परीक्षा सम्पन्न गराउने केन्द्राध्यक्षलाई पुरस्कृत पनि गर्न सकिने प्रतिबद्धता जनाए ।
उनले बिगतमा चिट चोरेर पास गर्ने परिपाटीलाई अन्त गर्न सबै मिलेर मर्यादित, तथा शान्तिपुर्व बातावरणमा परिक्षा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
चिट चोरेर पास गरेका बिद्यार्थी उत्पादन भए पनि उच्च शिक्षा पठन नसकिने, तथा कुनै पनि लोक सेवा पास गर्न नसकिने भएकोले बिद्यार्थीको भविश्यलाई सुनिश्चिता गराउन शान्तिपुर्ण वातावरणमा परिक्षा सम्पन्न गराउन उनले आग्रह गरे ।
यता परिक्षामा सुरक्षा दिन खटिएका प्रहरीले परिक्षा केन्द्र भित्र चेकजाच गर्दा परिक्षार्थीमा नाकारात्मक असर पर्ने भएकोले केन्द्र बाहिर प्रहरीले सुरक्षा सँगै चेकजाँच गर्न समेत शिक्षक महासँघ सप्तरीले आग्रह गरेको छ ।
आजदेखि माध्यमिक शिक्षा परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै
सारांश
- उक्त बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकर लुईटेलले जानकारी दिएका छन् ।
- परिक्षालाई ३३ वटा केन्द्र मार्फत संचालन गर्ने र परीक्षालाई मर्यादित, शान्त, र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको शिक्षा बिकास तथा समन्वय शाखा प्रमुख बिरेन्द्र चौधरीले बताए ।
- सप्तरीमा गत बर्ष ८ हजार ५ सय १४ र आंशिक तर्फ १ हजार १३ गरि कुल ९ हजार ५ सय ९७ बिद्यार्थी माध्यमिक शिक्षा परिक्षामा सहभागीता जनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया