दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
राजविराजस्थित श्री चण्डी दुर्गा भगवती मन्दिर समितिलाई एक सहकारी संस्थाले दान पेटिका तथा फोहर व्यवस्थापनका लागि डस्टबिन प्रदान गरेको छ ।
नेपाल सहकारी संस्था लिमिटेडले मंगलबार मन्दिर प्राङणमै एक कार्यक्रमबीच उक्त सामाग्रि मन्दिर समितिलाई प्रदान गरेको हो ।
मन्दिर समितिलाई उपलब्ध गराइएको सामाग्रिहरुमा दुई थान स्टिलको दान पेटिका र दुई थान डस्टबिन छन् ।
नेपाल सहकारीका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले उक्त सामाग्रि मन्दिर समितिका संयोजक रामानन्द देव र वडा अध्यक्ष शुभाषचन्द्र यादवलाई हस्तान्तरण गरेका थिए ।
चाडपर्वको बेला श्रद्धालु भक्तजनबाट प्राप्त हुने दान दक्षिणा तथा मन्दिर परिसरमा हुने फोहर व्यवस्थापनका लागि संस्थाले सामाजिक उत्तरदायि अन्तरगत संस्थाबाट सानो सहयोग गरिएको अध्यक्ष गुप्ताले बताए ।
सो अवसरमा संस्थाका व्यवस्थापक शंकर प्रसाद साह, संस्थाका कर्मचारी, मन्दिर पुजा समितिका पदाधिकारी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भगवती मन्दिरलाई दान पेटिका र डस्टबिन प्रदान
सारांश
- नेपाल सहकारी संस्था लिमिटेडले मंगलबार मन्दिर प्राङणमै एक कार्यक्रमबीच उक्त सामाग्रि मन्दिर समितिलाई प्रदान गरेको हो ।
- मन्दिर समितिलाई उपलब्ध गराइएको सामाग्रिहरुमा दुई थान स्टिलको दान पेटिका र दुई थान डस्टबिन छन् ।
- नेपाल सहकारीका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले उक्त सामाग्रि मन्दिर समितिका संयोजक रामानन्द देव र वडा अध्यक्ष शुभाषचन्द्र यादवलाई हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया