पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी

राजविराज राजविराज
|
बिहिबार, माघ २४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट सँघको बार्षिक कार्यक्रम अनुसार प्राधनमन्त्री कप जिल्ला छनौटको उद्घाटन खेलमा लोहजरा ११ ले बिजयी सुरूवात गरेको हो ।
  •     बिहिवार बोदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि नेगडा बैरियाको खेलमैदानमा टस जितेर लोहजराले ३८ ओभरमा १० बिकेटको क्षतिमा ३ सय ५ रनको योगफल खडा गरेको थियो ।
  • जवाफमा राजदेबीले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई ८९ रन मात्र बनाउन सकेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 

    प्रधानमन्त्री कप एक दिवसिय पुरूष राष्ट्रिय प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनौट खेलमा लोहजरा ११ ले राजदेबी ११ लाई २ सय १६ रनको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भएको छ ।
    सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट सँघको बार्षिक कार्यक्रम अनुसार प्राधनमन्त्री कप जिल्ला छनौटको उद्घाटन खेलमा लोहजरा ११ ले बिजयी सुरूवात गरेको हो ।
    बिहिवार बोदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि नेगडा बैरियाको खेलमैदानमा टस जितेर लोहजराले ३८ ओभरमा १० बिकेटको क्षतिमा ३ सय ५ रनको योगफल खडा गरेको थियो । जवाफमा राजदेबीले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई ८९ रन मात्र बनाउन सकेका थिए ।
    जसमा लोहजराका सचिन्द्र यादब उत्कृष्ट ब्याटिंग गर्दै १० चौका र ५ छक्काको मदतले ८७ रन बनाएका थिए । यसैगरी अर्का खेलाडी पप्पु यादबले पनि उत्कृष्ट खेल्दै ६२ बनाएपछि लोहजराले विशाल योगफल खडा गरेको थियो ।
    यता राजदेवीलाई सस्तोमा आउट गर्न लोहजराका अरबिन्द मण्डल ४ बिकेट, मोहम्मद सकिम ३ बिकेट तथा बिक्रम यादब, अभिषेक साह, पप्पु यादब, आदित्य मण्डल १÷१ बिकेट हात पारेका थिए । त्यस्तै राजदेबीका मन्नु दास २० रन, तौसिफ आलम १५, बिजय यादब ११ रन बनाएका थिए भने बलिंग तर्फ राजदेबीका बिजय यादब ४ बिकेट, रितिक यादब ३ बिकेट नितेश यादब २ बिकेट र लालु यादबले १ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच सचिन्द्र यादब घोषित भएका थिए ।
    घोषित प्लेयर अफ दि म्याच लाई वडा २ का वडा अध्यक्ष रामप्रसाद राम तथा समाजसेवी तथा शिक्षक जिवानन्द यादबले कप, मेडल पुरस्कार प्रदान गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
सकरपुरा र को. मधेपुरा बिजयी
सकरपुरा र को. मधेपुरा बिजयी
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु