पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी

राजविराज राजविराज
|
बिहिबार, माघ २४, २०८१
|
|
१०७ पटक हेरिएको
Shares
पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट सँघको बार्षिक कार्यक्रम अनुसार प्राधनमन्त्री कप जिल्ला छनौटको उद्घाटन खेलमा लोहजरा ११ ले बिजयी सुरूवात गरेको हो ।
  •     बिहिवार बोदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि नेगडा बैरियाको खेलमैदानमा टस जितेर लोहजराले ३८ ओभरमा १० बिकेटको क्षतिमा ३ सय ५ रनको योगफल खडा गरेको थियो ।
  • जवाफमा राजदेबीले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई ८९ रन मात्र बनाउन सकेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 

    प्रधानमन्त्री कप एक दिवसिय पुरूष राष्ट्रिय प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनौट खेलमा लोहजरा ११ ले राजदेबी ११ लाई २ सय १६ रनको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भएको छ ।
    सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट सँघको बार्षिक कार्यक्रम अनुसार प्राधनमन्त्री कप जिल्ला छनौटको उद्घाटन खेलमा लोहजरा ११ ले बिजयी सुरूवात गरेको हो ।
    बिहिवार बोदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि नेगडा बैरियाको खेलमैदानमा टस जितेर लोहजराले ३८ ओभरमा १० बिकेटको क्षतिमा ३ सय ५ रनको योगफल खडा गरेको थियो । जवाफमा राजदेबीले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई ८९ रन मात्र बनाउन सकेका थिए ।
    जसमा लोहजराका सचिन्द्र यादब उत्कृष्ट ब्याटिंग गर्दै १० चौका र ५ छक्काको मदतले ८७ रन बनाएका थिए । यसैगरी अर्का खेलाडी पप्पु यादबले पनि उत्कृष्ट खेल्दै ६२ बनाएपछि लोहजराले विशाल योगफल खडा गरेको थियो ।
    यता राजदेवीलाई सस्तोमा आउट गर्न लोहजराका अरबिन्द मण्डल ४ बिकेट, मोहम्मद सकिम ३ बिकेट तथा बिक्रम यादब, अभिषेक साह, पप्पु यादब, आदित्य मण्डल १÷१ बिकेट हात पारेका थिए । त्यस्तै राजदेबीका मन्नु दास २० रन, तौसिफ आलम १५, बिजय यादब ११ रन बनाएका थिए भने बलिंग तर्फ राजदेबीका बिजय यादब ४ बिकेट, रितिक यादब ३ बिकेट नितेश यादब २ बिकेट र लालु यादबले १ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच सचिन्द्र यादब घोषित भएका थिए ।
    घोषित प्लेयर अफ दि म्याच लाई वडा २ का वडा अध्यक्ष रामप्रसाद राम तथा समाजसेवी तथा शिक्षक जिवानन्द यादबले कप, मेडल पुरस्कार प्रदान गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?