बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार

राजविराज राजविराज
|
बिहिबार, श्रावण १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार

सारांश

  •     नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन सप्तरीद्वारा आयोजित तथा तिलाठी गाउपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
  •     शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, क्याल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि १ सय ६७ जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
  •     बनरझुलाका ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार गरिएको छ भने ३ सय १७ वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
    सप्तरीको तिलाठीकोईलाडी गाउपालिका वडा ५ बनरझुलाका बाढी प्रभाबित क्षेत्रमा नेभ्लाद्वारा बिहीबार एक दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
    नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन सप्तरीद्वारा आयोजित तथा तिलाठी गाउपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
    शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, क्याल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि १ सय ६७ जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
    बनरझुलाका ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार गरिएको छ भने ३ सय १७ वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।
    शिबिरमा राजबिराजसहित जिल्लाका बिभिन्न एग्रोभेट, केन्द्रिय नेभ्ला तथा जिल्लाको प्राबिधिकहरूको ३० हजार रकम बराबरको सहयोगमा पशुको औषधी बितरण गरिएको हो ।
    उक्त स्वास्थ्य शिबिरमा पशु चिकित्सक प्रमेश्वर यादब, महेन्द्र यादब, अमरेन्द्र झा, रामकुमार यादब, बिराजी मेहता लगायतले पुस चौपायाँको उपचार गरेका थिए ।
    बाढीको बेला गाई बस्तुहरूमा हुन सक्ने सम्भाबित रोगहरूवाट जोगाउनको लागि एक दिनको शिबिर आयोजना गरिएको पशु प्राबिधिक तथा नेपाल पारा भेटेनरी लाईफभष्ट एसोसिएसन प्रदेश २का ईन्चार्ज प्रमेश्वर यादबले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर कपमा मझौको विजयी सुरुवात
मेयर कपमा मझौको विजयी सुरुवात
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
फुटबल संघ सप्तरीसँग अख्तियारले माग्यो खर्च विवरणको कागजात
फुटबल संघ सप्तरीसँग अख्तियारले माग्यो खर्च विवरणको कागजात
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा