दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा वडाअध्यक्ष पदका लागी हुने निर्वाचनको प्रचार प्रसार गर्ने समय अब केही घण्टा मात्र रहेको बेला उम्मेदवारहरु मतदाताले काम गर्नेस्थान धान खेतमै गएर मत माग्न व्यस्त देखिन्छन् ।
विभिन्न दलका उम्मेदवार मतदाता नजिक पुग्न जुक्ति निकालेका छन् । अहिले धान काट्ने बेला रहेकोले मतदाताहरु बिहानैदेखी आफ्नो खेतमा धान काट्न र व्यवस्थापन गर्न व्यस्त रहेकाले उम्मेदवारहरु धान खेतमै गएर उनीहरुसँगै काम गर्दै मत समेत माग्ने गरेको दृश्यहरु अहिले देखिन थालेको छ ।
ग्रामिण क्षेत्रमा पर्ने उक्त दुबै वडाका मतदातालाई अहिले धान काट्ने र थन्क्याउने चटारो पनि छ । यही व्यस्तथाका कारण अधिकाँश मतदाता आ–आफ्नो खेतबारीमा समय विताउने गरेका कारण उम्मेदवारहरु मत माग्दै खेतबारीमा समेत थालेका हुन ।
पाँच वर्षमा दोश्रो पटक आफ्नो प्रतिनिधी छान्ने अवसर पाएका मतदाताहरु मत माग्दै उम्मेदवारहरु खेत मै पुगेर नमस्कार गर्दा दंग छन ।
उक्त पालिकाको १ र ४ वडाका वडाअध्यक्षको निधन भएकाले ती दुबै वडाको अध्यक्ष पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यस अघि नेपाली काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद रायले चुनाव जितेका थिए ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं १ मा २ हजार ६ सय ३५ र वडा नंं४ मा १ हजार २ सय ८१ मतदाता छन । मतदानका लागी ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । निर्वाचन कार्यक्रम अन्तरगत बिहीबार राती १२ बजे मौन अवधी सुरु हुदैछ ।
धान खेतमै गएर मत माग्दै उम्मेदवार
सारांश
- विभिन्न दलका उम्मेदवार मतदाता नजिक पुग्न जुक्ति निकालेका छन् ।
- अहिले धान काट्ने बेला रहेकोले मतदाताहरु बिहानैदेखी आफ्नो खेतमा धान काट्न र व्यवस्थापन गर्न व्यस्त रहेकाले उम्मेदवारहरु धान खेतमै गएर उनीहरुसँगै काम गर्दै मत समेत माग्ने गरेको दृश्यहरु अहिले देखिन थालेको छ ।
- ग्रामिण क्षेत्रमा पर्ने उक्त दुबै वडाका मतदातालाई अहिले धान काट्ने र थन्क्याउने चटारो पनि छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया