बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
४६ पटक हेरिएको
Shares
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष

सारांश

  •     आफुहरुको अधिकार कटौती गर्ने मनसायका साथ अध्यक्ष खेमचन्द्र यादवले विशेष गाउँसभा सम्पन्न गरेको बताउँदै उपाध्यक्ष रेणु सहित ४ जना वडाअध्यक्ष विरोधमा उत्रिएका हुन् ।
  •       कुल ६ वटा वडा रहेको पालिकामा उपाध्यक्ष यादव संगै वडा नम्बर १ का वडाअध्यक्ष राम कुमार यादव, वडा नं २ का वडाअध्यक्ष इन्द्र देव यादव, वडा नं ४ का वडाअध्यक्ष लक्ष्मी नारायण झा, र वडा नं ६ का वडाअध्यक्ष सूर्य कुमार दास विशेष गाउँसभको विरोधमा उत्रिएका छन् ।
  •       गत फागुन २ गते अध्यक्ष यादवले विषेश गाउँसभा बोलाएर आफुहरुले संविधान कानुन बमोजिम पाएको अधिकार कटौती गर्दै मनपरी ढंगले बजेट निर्धारण गरेकोले सो निर्णय बदर गर्नुपर्ने उनीहरुको माग छ ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 

    बलान विहुल गाउँपालिकाका अध्यक्षले विशेष गाउँसभा गरेर मनपरी ढंगले बजेट निर्धारण गरेको भन्दै उपाध्यक्ष रेणु यादव सहित ४ वडाध्यक्षले त्यसको विरोध गरेका छन् ।
    आफुहरुको अधिकार कटौती गर्ने मनसायका साथ अध्यक्ष खेमचन्द्र यादवले विशेष गाउँसभा सम्पन्न गरेको बताउँदै उपाध्यक्ष रेणु सहित ४ जना वडाअध्यक्ष विरोधमा उत्रिएका हुन् । 
    कुल ६ वटा वडा रहेको पालिकामा उपाध्यक्ष यादव संगै वडा नम्बर १ का वडाअध्यक्ष राम कुमार यादव, वडा नं २ का वडाअध्यक्ष इन्द्र देव यादव, वडा नं ४ का वडाअध्यक्ष लक्ष्मी नारायण झा, र वडा नं ६ का वडाअध्यक्ष सूर्य कुमार दास विशेष गाउँसभको विरोधमा उत्रिएका छन् । 
    गत फागुन २ गते अध्यक्ष यादवले विषेश गाउँसभा बोलाएर आफुहरुले संविधान कानुन बमोजिम पाएको अधिकार कटौती गर्दै मनपरी ढंगले बजेट निर्धारण गरेकोले सो निर्णय बदर गर्नुपर्ने उनीहरुको माग छ । 
    आईतबार उपाध्यक्ष रेणु तथा ४ जना वडाअध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरी गत असार १० गतेको गाउँसभाले पारित गरेको बजेट तथा निर्णय कार्यान्वयन नगरिए अध्यक्ष विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । 
    पत्रकार सम्मेलनमा उनीहरुले उपाध्यक्ष र वडाअध्यक्षहरुको अधिकार सुनिश्चित हुनु पर्ने, पछिल्लो फागुन २ गते एकलौटी ढंगले गरिएको विशेष गाउँसभा बदर गरी गत असार महिनामा भएको गाउँसभाको निर्णय कार्यान्वयन हुनु पर्ने उनीहरुको माग छ । 
    उनीहरुले न्यायिक समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति, राजश्व परार्मश समिति र अनुगमन समितिका संयोजक तथा गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रमुख अधिकारीको रुपमा स्थानीय सरकार संचालन ऐनले नै उपाध्यक्षलाई संवैधानिक अधिकार प्रदान गरेको भन्दै उनको अनुपस्थितीमा एकलौटी ढंगले गरिएको विषेश गाउँसभाको निर्णयहरु कानुनी रुपमा पनि अवैध भएको जनाएका छन् । 
    यता गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले विशेष गाउँसभा ऐन कानुन अनुसार नै गरिएको दाबी गर्दै उनले स्थानीय सरकार संचालन ऐनको परिच्छेद ४ को बुँदा नं. १९ मा ब्यवस्था भए बमोजिम विधि प्रक्रियामै टेकेर विशेष गाउँसभा गरेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
झुण्डिएको अवस्थामा किशोरी फेला
झुण्डिएको अवस्थामा किशोरी फेला
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न