पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन

राजविराज राजविराज
|
मंगलबार, मंसिर ११, २०८१
|
|
१९ पटक हेरिएको
Shares
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन

सारांश

  •     महासंघका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतोको विशेष उपस्थितिमा राजविराजमा भएको बृहत भेलाले अध्यक्ष पदमा यादवसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
  •       नवगठित कार्यसमितिको उपाध्यक्ष खडक नगरपालिकाका निवर्तमान मेयर मो.
  • हेमायु हक, सचिवमा यधुनन्दन दास र कोषाध्यक्षमा लिलादेवी ठाकुर चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज ११ मंसिर । 

    पिछडा वर्ग (ओबिसी) महासंघ नेपाल शाखा सप्तरीको मंगलबार बसेको बृहत भेलाबाट उमेश प्रसाद यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ । 
    महासंघका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतोको विशेष उपस्थितिमा राजविराजमा भएको बृहत भेलाले अध्यक्ष पदमा यादवसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । 
    नवगठित कार्यसमितिको उपाध्यक्ष खडक नगरपालिकाका निवर्तमान मेयर मो. हेमायु हक, सचिवमा यधुनन्दन दास र कोषाध्यक्षमा लिलादेवी ठाकुर चयन भएका छन् । 
    यस्तै सदस्यहरुमा शंकर प्रसाद साह, शैलेन्द्र कुमार दास, लोकेन्द्र कुमार चौधरी, राजकुमार साह तेली र रुप कुमारी चयन भएका छन् । समितिको कार्यकाल पाँच वर्षको हुनेछ । 
    भेलाका प्रमुख अतिथि समेत रहेका महासंघका राष्ट्रिय अध्यक्ष मेहतालाई नवगठित कार्यसमितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो । 
    सर्वसम्मतिले चयन भएका अध्यक्ष यादवले पिछडा वर्ग महासंघ सप्तरी शाखाको केही दिन भित्रै राजविराजमा कार्यालय स्थापना गरि आवद्ध जातिय समुदायको उत्थान र हकहितका लागि विभिन्न गतिविधिलाई तिब्रता प्रदान गरिने प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?