दैनिक समाचारदाता
राजविराज, १४ असार ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
मंगलवार राजबिराजमा आमसंचार प्राधिकरणद्वारा ५ दिने पत्रकारिता तालिमको समापन कार्यक्रमममा बोल्दै मन्त्री साहले सूचनाको हक प्रवद्र्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न नमिल्ने बताउँदै यसको कार्यान्वयनका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।
उनले प्रमुख शासक सुशासन स्थापनाका लागि ईमान्दार नभएसम्म मुलुकमा सुशासन कायम गर्न कठिन हुने बताउँदै सुशासन स्थापनाका लागि आर टी आई अभियानीहरुले निष्पक्ष रुपमा सूचनाको माग एवं सार्वजनिकीकरण गर्नुपर्ने धारणा राखे ।
मन्त्री साहले मधेश प्रदेश सरकारको रेडबुकमा परेको कामकाज कर्मचारीहरूले विभिन्न बहानामा गर्न नचाहेको बताउँदै त्यसका लागि सूचना अभियानीहरुले ध्यान दिनुपर्ने धारणा राखे ।
यसैगरी मधेश प्रदेशकी सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेकोले दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रतापूर्वक कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।
मुलुकमा आएका परिवर्तनहरुमा सञ्चारकर्मीको ठुलो योगदान रहेको स्मरण गर्दै राज्यमन्त्री कर्णले राजनीतिक आस्था र विचारलाई थाति राखेर कलम चलाउन सके मात्र देश र जनताले राहत पाउने स्पष्ट गरिन ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अनलाइन पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताए ।
अध्यक्ष यादवकै अध्यक्षतामा समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, प्रशिक्षक सुरेन्द्र गुप्ता, अबधेश झा, लगायतले मन्तव्य दिएका थिए ।
प्राधिकरणका सदस्य प्रतिमा साहद्वारा संचालित कार्यक्रममा प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह लगायत विभिन्न संचारकर्मिहरूको उपस्थिति रहेको थियो । सम्पन्न तालिममा प्रदेशका विभिन्न जिल्ला गरी २७ जना सहभागी रहेका थिए ।
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
सारांश
- मंगलवार राजबिराजमा आमसंचार प्राधिकरणद्वारा ५ दिने पत्रकारिता तालिमको समापन कार्यक्रमममा बोल्दै मन्त्री साहले सूचनाको हक प्रवद्र्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न नमिल्ने बताउँदै यसको कार्यान्वयनका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।
- उनले प्रमुख शासक सुशासन स्थापनाका लागि ईमान्दार नभएसम्म मुलुकमा सुशासन कायम गर्न कठिन हुने बताउँदै सुशासन स्थापनाका लागि आर टी आई अभियानीहरुले निष्पक्ष रुपमा सूचनाको माग एवं सार्वजनिकीकरण गर्नुपर्ने धारणा राखे ।
- मन्त्री साहले मधेश प्रदेश सरकारको रेडबुकमा परेको कामकाज कर्मचारीहरूले विभिन्न बहानामा गर्न नचाहेको बताउँदै त्यसका लागि सूचना अभियानीहरुले ध्यान दिनुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया