राजविराज÷नेपाल विश्व शान्ति समितिद्वारा शनिबार आयोजित समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको ९ औं स्मृतीसभा वक्ताहरुले स्व. सिंहले सप्तरीको विकासमा निकै महत्वपूर्ण योगदान दिएको बारे चर्चा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिक खुशीलाल मण्डलले स्व. सिंहले सप्तरीको विभिन्न सडक, राजविराजस्थित महेन्द्र बिनदेश्वरी बहुमुखी क्याम्पस, औद्योगिक क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र लगायतमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।
यस्तै रेडक्रसको संस्थापक सदस्य स्व. डा. सिंहले नेत्रदान यज्ञको नाममा बि.स. २०२६ सालदेखी आँखामा देखिने मोतियाबिन्दुको शल्यक्रियाको सुरुवात समेत गरेका थिए ।
नेपाल विश्व शान्ति समिति महासचिव मधु बिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. चिरिञ्जिविलाल देव, पूर्व मेयर शैलेश चैधरी, रेडक्रस सभापति जोगेन्द्र भगत, जगदीश अर्याल, थानसिंह भन्साली, पत्रकार विष्णु मण्डल, हितनारायण लाल दास, वरिष्ठ पत्रकार अनिल कुमार अनल, अरुण कुमार तिवारीलगायतले स्व. डा. सिंहको जिल्लाको विकासमा दिएको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा सत्येन्द्र चौधरी कविता वाचन समेत गरेका थिए भने कार्यक्रम संचालन मनोहर पोखरेलले गरेका थिए ।
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
सारांश
- नेपाल विश्व शान्ति समिति महासचिव मधु बिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.
- चिरिञ्जिविलाल देव, पूर्व मेयर शैलेश चैधरी, रेडक्रस सभापति जोगेन्द्र भगत, जगदीश अर्याल, थानसिंह भन्साली, पत्रकार विष्णु मण्डल, हितनारायण लाल दास, वरिष्ठ पत्रकार अनिल कुमार अनल, अरुण कुमार तिवारीलगायतले स्व.
- डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया