“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 

राजविराज राजविराज
|
शुक्रबार, पौष १८, २०७६
|
|
१०९ पटक हेरिएको
Shares
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 

सारांश

  •     राजविराजमा बिहीबार आयोजित छोरी शिक्षा बिमा शिविर सप्ताह कार्यक्रममा प्रदेश २ सरकारका तर्फबाट सप्तरीका १८ वटै स्थानिय तहलाई छोरीको शिक्षा बिमा शिविर संचालन गर्न ५०÷५० गरि ९ लाख रुँपैयाको चेक बुझाइएको छ ।
  •       २०७५ साल माघ १ गतेदेखी जन्मिएका सम्पूर्ण छोरीहरुका लागि प्रदेश सरकारले रु.
  • १ लाख शिक्षा बिमा गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ पुस । 
    प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तरगत संचालनमा ल्याएको छोरी शिक्षा बिमालाई अझ प्रभावकारी रुपले अघि बढाउने उद्देश्यले जिल्लाका सबै १८ वटै स्थानिय तहलाई जिम्मेवारी दिएको छ । 
    राजविराजमा बिहीबार आयोजित छोरी शिक्षा बिमा शिविर सप्ताह कार्यक्रममा प्रदेश २ सरकारका तर्फबाट सप्तरीका १८ वटै स्थानिय तहलाई छोरीको शिक्षा बिमा शिविर संचालन गर्न ५०÷५० गरि ९ लाख रुँपैयाको चेक बुझाइएको छ । 
    २०७५ साल माघ १ गतेदेखी जन्मिएका सम्पूर्ण छोरीहरुका लागि प्रदेश सरकारले रु. १ लाख शिक्षा बिमा गरेको छ । छोरीहरुको २० वर्ष उमेर पुगेपछि उनीहरुले रु. १ लाख बैंक मार्फत प्राप्त गर्नेछन् । सप्तरीमा गत आ.ब. २०७५÷०७६ मा १ हजार ९३ छोरीहरुको शिक्षा बिमा गरिएको थियो । 
    यसै अन्तरगत गत माघ १ गतेदेखी बिमा गराउन छुटेका छोरीहरुलाई प्रदेश सरकारले आउँदो माघ २ गेतेदखी स्थानिय तहलाई नै बिमा गर्ने जिम्मेवारी दिने भएको छ । 
    छोरीहरुको शिक्षाका लागि बिमा गर्ने प्रदेश सरकारले घोषणा गरेपनि कर्मचारी अभाव तथा प्राविधिक लगायतका कारणले सोचे अनुरुपको बिमा हुन नसकेपछि यसलाई ब्यापक बनाउन प्रत्येक स्थानिय तहमा शिविर संचालन गर्न सो रकम उपलब्ध गराइएको प्रदेश २ मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीले बताए । यस्तो शिविरले विभिन्न कारण बिमा गराउन नसेकेका छोरीहरुलाई समेट्न सहज हुने उनले विश्वास गरेका छन् । 
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य दिलकुमार चौधरी, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिीहरुले छोरी शिक्षा बिमा कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
छठ पर्वको धुमधाम साथ तयारी
छठ पर्वको धुमधाम साथ तयारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो,  दुई हजार तीन सय छात्रालाई साइकल बितरण
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो, दुई हजार तीन सय छात्रालाई साइकल बितरण