दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ५६औं राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
सो गाउँपालिकास्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरुले विज्ञान, सामाजिक क्षेत्र तथा दैनिक रुपमा अध्ययनसँग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका र सेभ द सप्तरीद्वारा आयोजित सो मेलाको गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले उद्घाटन गर्दै मेलाले विद्यार्थीभित्रको प्रतिभा प्रष्फुटनमा सहयोग गरेको बताइन् ।
दलान युवा क्लबका स्वयम्सेवकहरु समेतको सहभागिता रहेको सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
गाउँपालिकाका शिक्षा शाखा संयोजक राजेश कुमार झाले कक्षा कोठामा विद्यार्थीले सिकेका कुराहरुलाई शिक्षकहरुको सहयोगबाट शैक्षिक सामग्री निर्माण गराई विद्यार्थीभित्रको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने मद्दत मिलेको बताए ।
आगामी असोज १ गते विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस समेत भब्यताका साथ मनाइने जानकारी दिए ।
राजेन्द्र देवकी माविका प्रधानाध्यापक दिपेन्द्र झाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका विजय कुमार यादव, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, दुर्गानन्द शर्मा लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
सारांश
- सो गाउँपालिकास्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरुले विज्ञान, सामाजिक क्षेत्र तथा दैनिक रुपमा अध्ययनसँग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
- सेभ द चिल्ड्रेनको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका र सेभ द सप्तरीद्वारा आयोजित सो मेलाको गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले उद्घाटन गर्दै मेलाले विद्यार्थीभित्रको प्रतिभा प्रष्फुटनमा सहयोग गरेको बताइन् ।
- दलान युवा क्लबका स्वयम्सेवकहरु समेतको सहभागिता रहेको सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया