बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 

राजविराज राजविराज
|
सोमबार, पौष २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 

सारांश

  •     ती यूवाहरुले क्षतिपूर्ती वापत ६ लाख ५० हजार पाएको आप्रावासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
  •       सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका सुरेन्द्र प्रसाद साहले सोही स्थान बस्ने राजेश कुमार सरदार, श्री प्रसाद सरदार, भुपेन्द्र प्रसार सरदार, रमानन्द सरदार र संजिव सरदारलाई बैदेशिक रोजगारीका लागि मलेशिया पठाउने भन्दै ठगि गरेका थिए ।
  •       साहले नेपालमा फर्निसिङ कार्पेन्टरको कामको लागि भनेर मलेशियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
    बैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवाहरुले क्षतिपुर्ती पाएका छन् । 
    ती यूवाहरुले क्षतिपूर्ती वापत ६ लाख ५० हजार पाएको आप्रावासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ । 
    सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका सुरेन्द्र प्रसाद साहले सोही स्थान बस्ने राजेश कुमार सरदार, श्री प्रसाद सरदार, भुपेन्द्र प्रसार सरदार, रमानन्द सरदार र संजिव सरदारलाई बैदेशिक रोजगारीका लागि मलेशिया पठाउने भन्दै ठगि गरेका थिए । 
    साहले नेपालमा फर्निसिङ कार्पेन्टरको कामको लागि भनेर मलेशियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् । भनेको काममा नलगाएको बारे वारम्वार ताकेता गरे पनि काम परिवर्तन नभएकोले बाध्य भई ती यूवाहरु नेपाल फर्कन बाध्य भएको बताए । 
    नेपाल फर्किएपछि सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाको वारेमा उनीहरुले जानकारी गराएका थिए । सोही जानकारीको आधारमा केन्द्रले निरन्तर पहल गरेर प्रत्येक पीडितहरुलाई १ लाख २५ हजारको दरले रकम फिर्ता भएको केन्द्रका रामप्रवेश मण्डलले जानकारी दिए । 
    न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सक्रिय सहभागिता मार्फत सो रकम फिर्ता गराउन सफल भएको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?