अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु

सारांश

  •     ग्रिन नेपालको आयोजनामा संचालित उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा म्याक्सवेल बोर्डिंग स्कुलले ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुललाई १ सय ४० रनले पराजित गरेको छ ।
  •       सम्पन्न खेलमा म्याक्सवेलले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा २ सय ३ रनको योगफल तयार पारेको थियो ।
  • म्याक्सवेलका लागि रोहन बिकले बिष्फोटक ब्याटिंग गर्दै ४० बलमा ११ चौक्का र ५ छक्काको मद्धतले ९१ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 
    राजबिराजस्थित राजरंगशालामा शुक्रबारदेखी अन्तर बिद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
    ग्रिन नेपालको आयोजनामा संचालित उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा म्याक्सवेल बोर्डिंग स्कुलले ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुललाई १ सय ४० रनले पराजित गरेको छ । 
    सम्पन्न खेलमा म्याक्सवेलले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा २ सय ३ रनको योगफल तयार पारेको थियो । म्याक्सवेलका लागि रोहन बिकले बिष्फोटक ब्याटिंग गर्दै ४० बलमा ११ चौक्का र ५ छक्काको मद्धतले ९१ रनको योगदान दिएका थिए । रोहन बाहेक पंकज यादवले १६ तथा संजित साहले नटआउट रहि १९ रनको योगदान दिएका थिए । 
    यता बलिंग तर्फ प्रज्वल यादवले ३ तथा प्रिन्स यादव र सुनिल यादवले सामान २ बिकेट लिएका थिए । २ सय ४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुल १४ ओभरमै सम्पुर्ण बिकेट गुमाई ६४ रनमै समेटिएको थियो । ह्याप्पील्याण्डलाई सस्तोमा समेटन म्याक्सवेलका सकिम आलमले ४ तथा आदित्य रामले २ बिकेट लिएका थिए भने रोहन बिक, केशव साह र असन जमालले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच म्याक्सवेलका रोहन बिक घोषित भएका थिए । 
    उद्घाटन कार्यक्रम अन्र्तगत ग्रिन नेपालको अध्यक्ष खेलानन्द दासको अध्यक्षता संचालित कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित उद्घाटन कार्यक्रम अन्र्तगत ईजि वल्र्ड इन्जीनियरका प्रोपोराईटर रामजी यादव, प्रहरी नायब उपरिक्षक तिलक भारती, एम एण्ड एम मोर्टसका प्रोपोराईटर अनवर अली लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
पत्रकारहरुको निशुल्क आँखा उपचार
पत्रकारहरुको निशुल्क आँखा उपचार
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो