कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी

राजविराज राजविराज
|
आइतबार, माघ २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी

सारांश

  •     विभिन्न पदका लागी करार सेवामा काम गर्न खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्न अस्पतालद्वारा गरिएको दरखास्त आह्वानका आवेदकहरुले अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा.
  • श्रीराम तिवारीको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन ।
  •       अस्पताल प्रशासनले २०८१ असार १६ गते प्रथम पटक करार सेवाका लागी भन्दै मेडिकल अधिकृत आठौं तहका लागी ५, अहेव चौथो तहका लागी ८, मेडिकल ल्याब टेक्नोलोजिस्ट सातौ तहका लागी २ र सहायक कम्प्युटर अपरेटर चौथो तहका लागी ३ जनाको पदपुर्तीका लागी सूचना जारि गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० माघ ।

    कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुखको कार्यकक्षमा आवेदकहरुले तालाबन्दी गरेका छन् । 
    विभिन्न पदका लागी करार सेवामा काम गर्न खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्न अस्पतालद्वारा गरिएको दरखास्त आह्वानका आवेदकहरुले अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन । 
    अस्पताल प्रशासनले २०८१ असार १६ गते प्रथम पटक करार सेवाका लागी भन्दै मेडिकल अधिकृत आठौं तहका लागी ५, अहेव चौथो तहका लागी ८, मेडिकल ल्याब टेक्नोलोजिस्ट सातौ तहका लागी २ र सहायक कम्प्युटर अपरेटर चौथो तहका लागी ३ जनाको पदपुर्तीका लागी सूचना जारि गरेको थियो । यस्तै अस्पताल प्रशासनले पुनः दोश्रो पटक सोही व्यहोराको सूचना २०८१ भदौ २४ गते प्रकाशित गरेको थियो । 
    तर, २०८१ माघ १८ गते उक्त सुचनाहरु संसोधन गर्दै तेश्रो पटक अस्पताल प्रशासनले जारी गरेको सूचनामा करार सेवाबाट पदपुर्ती गरिने पदहरुमा मेडिकल अधिकृत र स्टाफ नर्सका केही पदका लागी २०८१ माघ २१ गते लिखित परिक्षा हुने जानकारी गराएपछी आक्रोसित भएका आवेदकहरुले तालबन्दी गरेको जनाएका छन । 
    “आवेदकलाई अलमलमा पार्न तेश्रो पटक मेडिकल अधिकृत र स्टाफ नर्स पदका लागी लिखित परिक्षा लिइने अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ, उनले भने–त्यसमा पनि पद संख्या नतोकि “केही” शब्दको प्रयोगले विभिन्न खाले शंका उब्जाएको छ । 
    तेश्रो सूचनामा प्रकाशित मिति समेत नभएको उनले सुनाए । अर्का आवेदक राजु बाबु झाले तेश्रो पटक गरिएको सूचनामा आवेदन भर्न ५ दिनको मात्र म्याद दिइएको र त्यसमा पनि माघ १६, १७ र १९ गते लगातार तीन दिन सार्वजनिक विदा नै परेकाले अस्पताल प्रशासनले गडवडी गर्ने नियतले यस्तो सूचना निकालेको आरोप लगाए । 
    आवेदकहरुले पटक–पटक सूचनाको व्यहोरा परिवर्तन गरी अस्पताल प्रशासनले आवेदकलाई अलमलमा राख्ने र आफन्तलाई भर्ना गर्न खोजेको आरोप समेत लगाएका छन । उनीहरुले अस्पताल प्रशासनले प्रथम र दोश्रो पटक गरेको सूचना अनुसार नै सबै पदका लागी परिक्षा लिने सुनिश्चितता नगरे सम्म ताला नखोल्ने अडान लिएका छन । 
    यसबारे मेसु तिवारीसँग सम्पर्कको प्रयास गर्दा उनी काम विशेषले जिल्ला बाहिर गएकाले सम्पर्क हुन सकेन । अस्पताल प्रशासनले छलफलबाट उक्त समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
६९ जना छात्रालाई साईकल वितरण
६९ जना छात्रालाई साईकल वितरण
महिलाहरु अझै उपेक्षित ः सहमहामन्त्री डिना
महिलाहरु अझै उपेक्षित ः सहमहामन्त्री डिना
भरुवा बन्दुकसहित दुई पक्राउ   
भरुवा बन्दुकसहित दुई पक्राउ   
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश