आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ

राजविराज राजविराज
|
बुधबार, चैत्र १३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ

सारांश

  •     सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।
  •     जग्गा अतिक्रमण गर्न आएकाहरुले उग्र प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिन प्रहरीद्वारा करिब १९ राउण्ड अश्रृ ग्यास प्रहार गरिएको स्थानियले बताएका छन् ।
  •       झडपको क्रममा घर बनाउन आएकाहरुको अगुवाई गर्ने मंगोल अर्गनाईजेसन केन्द्रिय सदस्य तथा प्रदेश १ का इन्चार्ज शक्ति चाम्लिङ राईसहित एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको डिएसपी रिमालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
    कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेaत्र भित्रको खाली जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका सयौं व्यक्तिलाई प्रहरीले बल प्रयोग गरि हटाएको छ । 
    सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।


    जग्गा अतिक्रमण गर्न आएकाहरुले उग्र प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिन प्रहरीद्वारा करिब १९ राउण्ड अश्रृ ग्यास प्रहार गरिएको स्थानियले बताएका छन् । 
    झडपको क्रममा घर बनाउन आएकाहरुको अगुवाई गर्ने मंगोल अर्गनाईजेसन केन्द्रिय सदस्य तथा प्रदेश १ का इन्चार्ज शक्ति चाम्लिङ राईसहित एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको डिएसपी रिमालले जानकारी दिएका छन् । 


    त्यस्तै नियन्त्रणमा लिइएका  अन्यहरुमा उदयपुर चौदण्डीगढी नपा ८ का मिस्टर राई, दुर्गा मगर, बिक्रम राई, निर कुमार राई, सन्तोष राई, मिलन राई, बासुदेब राई, खोटाङ खोटेहाङ गापा ८ का नरेन्द्र राई, सप्तरी सप्तकोसी नपा १ का मन बहादुर गुरुङ र चितवन राप्ती नपा १२ का कृष्ण प्रजा रहेको प्रहरीले जनाएको छ ।
    प्रहरीले बल प्रयोग गर्ने क्रममा ती व्यक्तिहरुले ढुंगामुढा गर्दा तीन सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेष रिमालले बताए । यद्दपी जग्गा अतिक्रमणको प्रयास गर्नेहरुको तर्फबाट केही व्यक्ति समेत सामान्य घाइते भएको स्थानियले बताएका छन् । 
    विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले आरक्षको जग्गा अतिक्रमण गरि घर बनाउन खोजेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट त्यसतर्फ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी रिमालले बताए । 


    मंगोलियन समूहले सप्तरीमा सरकारले सकुम्वासीहरुलाई जग्गा वितरण गर्न लागेको भ्रामक प्रचार गरेर आरक्षको खाली जग्गामा घर बनाएर बस्ने योजनाका साथ आएको प्रहरीको भनाइ छ ।
    यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगोलियन समूहले नै उनीहरुलाई जग्गा पाउने झुठो प्रचारबाजी गरेर ल्याएको जानकारी दिँदै घटना बारे थप अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ