क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन

राजविराज राजविराज
|
मंगलबार, पौष २९, २०७६
|
|
९९ पटक हेरिएको
Shares

सारांश

  •     प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुटबाटै लान सुझाव दिएका छन् ।
  •       त्यस्तै क्रिकेटको आधारभुत ज्ञान दिनु आवश्यक रहेकोले तत्काल बिद्यालयका बालबालिकाहरुलाई प्रशिक्षणको व्यवस्थापन मिलाउन समेत जोड दिएका छन् ।
  • यसका लागि बिद्यालयका प्रअहरुले बालबालिकाहरुको कौशललाई निर्खानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
    भविष्यमा राष्ट्रलाई सप्तरीबाट स्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ क्रिकेट बिकास प्रतिष्ठानको स्थापना गरिएको छ । 
    प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुटबाटै लान सुझाव दिएका छन् । 
    त्यस्तै क्रिकेटको आधारभुत ज्ञान दिनु आवश्यक रहेकोले तत्काल बिद्यालयका बालबालिकाहरुलाई प्रशिक्षणको व्यवस्थापन मिलाउन समेत जोड दिएका छन् । यसका लागि बिद्यालयका प्रअहरुले बालबालिकाहरुको कौशललाई निर्खानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरे ।
    कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले सप्तरीको क्रिकेटलाई माथिल्लो स्तरसम्म पु¥याउन सप्तरी क्रिकेट संघको सहकार्यमा आप्mनो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
    कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले सप्तरीमा खेल गतिबिधी निरन्तर भएता पनी आवश्यक्ता अनुसारका क्रिकेट मैदान नभएकोले सो तर्फ समेत ध्यान दिनु पर्नेमा जोड दिए । 
    कार्यक्रममा नेपाल क्रिकेट संघका पुर्वअध्यक्ष शैलेश कुमार चौधरीले क्रिकेट बिकास प्रतिष्ठानलाई सप्तरी क्रिकेट संघ संगको सहकार्यमा बिद्यालयका स्तरीय खेलाडष् स्ीलाई प्रशिक्षण तथा स्तरीय क्रिकेट एकेडेमी संचालन गर्न सुझाव समेत दिए । 
    क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ईन्द्र नारायण देवले सप्तरीको क्रिकेट बिकासको लागि ग्रासरुटबाटै खेलाडी उत्पादन गर्नका लागि बन्दशिविरको आयोजना संगै एकेडेमी निर्माण समेत गर्न पहल गर्ने जानकारी दिँदै अगामी दिनमा स्तरीय खेलाडी उत्पादनका लागि बिभिन्न क्रियाकलापको समेत आयोजना गर्ने जानकारी दिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ठ पत्रकार शिवहरि भटराई, बरिष्ठ पत्रकार मुरली यादव, बरिष्ठ पत्रकार बैधनाथ यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, निजामति कर्मचारी महासंघ सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
एक बालकसहित तीनको मृत्यु
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ
रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी