कोशी पीडितको आन्दोलन स्थगन पर्वपछि आन्दोलन चर्काउने  कोशी पीडितको चेतावनी

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •     विहिबार कोशी ब्यारेजमा आयोजित पत्रकार सम्मेलनमा कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरी नयाँ स्वरुपमा आन्दोलनका साथ अघि बढ्ने जानकारी दिएका छन् ।
  •       पत्रकार सम्मेलनमा संघर्ष समितिका उपसंयोजक ज्योति झाले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखी दशै तिहार र छठ पर्व सम्मका लागी रिले अनसन स्थगन गरि आन्दोनलको स्वरुप परिवर्तन गरेको बताए ।
  •       उनले आन्दोलन स्थगनको अवधीभर कोशी पीडितको समस्यालाई लिएर सुनसरी, उदयपुर र सप्तरीका गाउँगाउँमा पुगी जागरण अभियान चलाउने र शक्ति संचय गर्ने काममा सदुपयोग गर्ने बताए ।

दैनिक समाचारदाता
राजबिराज, ९ असोज । 
    विगत ४० दिनदेखि रिले अनसनमा बसेका कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि रिले अनसन स्थगन गरि आन्दोलनका स्वरुप परिवर्तन गरेको छ । 
    विहिबार कोशी ब्यारेजमा आयोजित पत्रकार सम्मेलनमा कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरी नयाँ स्वरुपमा आन्दोलनका साथ अघि बढ्ने जानकारी दिएका छन् । 
    पत्रकार सम्मेलनमा संघर्ष समितिका उपसंयोजक ज्योति झाले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखी दशै तिहार र छठ पर्व सम्मका लागी रिले अनसन स्थगन गरि आन्दोनलको स्वरुप परिवर्तन गरेको बताए । 
    उनले आन्दोलन स्थगनको अवधीभर कोशी पीडितको समस्यालाई लिएर सुनसरी, उदयपुर र सप्तरीका गाउँगाउँमा पुगी जागरण अभियान चलाउने र शक्ति संचय गर्ने काममा सदुपयोग गर्ने बताए । 
    कोशी पीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभए छठ पर्व सकिए लगतै आन्दोलन चर्काउने तयारी गरिएको उनले बताए । 
    भुआर्जन कार्यालयबाट पनि कोशी पीडितको जायज माग पुरा गराउन आवश्यक पहल भईरहेको र छिट्टै सामाधान गर्ने आश्वासन समेत प्राप्त भएको उनले खुलासा गर्दै सो प्रतिबद्घता तथा चाडपर्वलाई ध्यानमा राखि केहि दिनका लागी स्थगन गरि आन्दोलन नयाँ स्वरुपमा पुनः सुरु हुने समेत जानकारी दिए । 
    कोशी पीडितले मुआब्जा र क्षतिपुर्तिको माग गर्दै हरेक वर्ष आन्दोलन गर्र्दै आएका छन् । सम्बन्धित निकाय र स्थानिय प्रशासनले समस्या सामाधानका लागी पहल गर्ने आस्वासन दिएर हरेक पटकको आन्दोलन मत्थर पार्ने गरेपनि हाल सम्म कसैैले न्याय नपाएको संघर्ष समितिका संयोजक महिदेव चौधरीको भनाई  छ । 
    कोशी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा र बाली क्षतिको मुआब्जा, दुवै तटबन्धको विच जग्गाको सुरक्षा र २०११ सालमा भएको भारत–नेपाल कोशी सम्झौताको कार्यान्वयन लगायतको माग राख्दै गत साउन ३२ गतेदेखि कोशी नदी कटान डुवान संघर्ष समिति सुनसरी, उदयपुर र सप्तरीको अगुवाईमा रिले अनसन थालिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी
सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी
सक्षम परियोजनाको कार्ययोजना तथा रणनीति बारे समीक्षा गोष्ठी
वर्षा नहुँदा धान रोपाई प्रभावित
वर्षा नहुँदा धान रोपाई प्रभावित
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम