राजविराज÷शरीर ढाक्ने न्यानो कपडा नहुँदा आगो ताप्दै चिसो छल्नु पर्ने बाध्यतामा रहेका शारीरिक रुपमा असक्त तथा उनका सन्तानलाई लायन्स क्लब पोखरा मेट्रो सिटीले न्यानो कपडा र झोलासहित शैक्षिक सामाग्रि बितरण गरेको छ ।
समावेशी अपाङ संघ सप्तरीको समन्वयमा शनिबार सप्तरी सदरमुकाम राजविराजमा एक कार्यक्रम गरि शारीरिक रुपमा असक्त तथा उनका सन्तानलाई न्यानो कपडा र स्कुल ब्यागसहित शैक्षिक सामाग्रि बितरण गरेको हो ।
लायन्स क्लब पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज बाग्लेको अध्यक्षतामा आयोजित न्यानो कपडा बितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ एल पोखराका डिस्ट्रिक्ट गर्भनर परमेश्वर बराल, लायन्स क्लब पोखरा मेट्रो सिटीका संस्थापक अध्यक्ष कमल पराजुली, जोन चेयरपर्सन उपेन्द्र अधिकारी, तितृय उपाध्यक्ष राजेश कुमार गुप्ता, बौद्धिक अपाङता महासंघका केन्द्रिय सदस्य जगदीश अर्याल लायन्स क्लब राजविराज सिटीका सचिव ललित झा लगायतले शारीरिक रुपमा असक्त २५ जनालाई प्रति व्यक्ति एक÷एक थान कम्बल, म्याट्रेस, सुइटर र झोला प्रदान गरेका छन् ।
यस्तै २५ जना बालबालिकालाई विद्यालय जान झोला तथा सुइटर, कान छोप्ने टोपी र शैक्षिक सामाग्रि बितरण गरिएको छ ।
लायन्स क्लबमा आवद्ध साथीहरुको सहयोग लिएर गरिब, असाहय तथा शारीरिक रुपमा असक्त परिवारलाई रातह बितरण गर्दै आएको र आउँदो दिनमा समेत यस्तो सेवामूलक कार्यलाई निरन्तरता दिने लायन्स क्लब पोखराका तितृय उपाध्यक्ष राजेश कुमार गुप्ताले बताए ।
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
सारांश
- यस्तै २५ जना बालबालिकालाई विद्यालय जान झोला तथा सुइटर, कान छोप्ने टोपी र शैक्षिक सामाग्रि बितरण गरिएको छ ।
- लायन्स क्लबमा आवद्ध साथीहरुको सहयोग लिएर गरिब, असाहय तथा शारीरिक रुपमा असक्त परिवारलाई रातह बितरण गर्दै आएको र आउँदो दिनमा समेत यस्तो सेवामूलक कार्यलाई निरन्तरता दिने लायन्स क्लब पोखराका तितृय उपाध्यक्ष राजेश कुमार गुप्ताले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया