दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजबिरजमा नगरपालिका भित्र बिकासको लहर आएको बताएका छन् ।
सोमबार आयोजित बालबिकास शिक्षकहरु सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजबिराज नगरपालिकामा अहिले धमाधम सडकहरु कालोपत्रे हुने क्रम जारि रहेको भन्दै उनले आउँदो बैशाखसम्म राजबिराज नगरपालिकाको ५० किलो मिटरभन्दा बढी सडक कालोपत्रे हुने दाबी समेत गरे ।
बाल शिक्षक र बिद्यालय सहयोगीहरुको तलब वृद्धि भएको घोषणा गर्दै उनले अब बाल शिक्षकहरु र बिद्यालय सहयोगीले १५ हजार तलब पाउने बताए । कार्यक्रममै प्रमुख यादवले राम्रो काम गरेमा अगामी आर्थिक बर्षको बजेटमा थप तलबबृद्धि गर्ने घोषणा समेत गरे ।
राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मदन थापाको अध्यक्षता आयोजित कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव
सारांश
- सोमबार आयोजित बालबिकास शिक्षकहरु सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
- राजबिराज नगरपालिकामा अहिले धमाधम सडकहरु कालोपत्रे हुने क्रम जारि रहेको भन्दै उनले आउँदो बैशाखसम्म राजबिराज नगरपालिकाको ५० किलो मिटरभन्दा बढी सडक कालोपत्रे हुने दाबी समेत गरे ।
- बाल शिक्षक र बिद्यालय सहयोगीहरुको तलब वृद्धि भएको घोषणा गर्दै उनले अब बाल शिक्षकहरु र बिद्यालय सहयोगीले १५ हजार तलब पाउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया