छिन्नमस्ता मन्दिर समिति विघटन 

राजविराज राजविराज
|
बुधबार, श्रावण ३०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
छिन्नमस्ता मन्दिर समिति विघटन 

सारांश

  •     अर्को नयाँ विधान दर्ता भई कार्यान्वयन नहुन्जेलसम्मका लागि मन्दिरको दैनिक कार्य संचालन तथा पूजापाठ व्यवस्थापनका लागि गुठियार अविनाश कुमार प्याकुरेल, मन्दिरका पीठाधीश महाकान्त ठाकुर, मूलपूजारी भुवन ठाकुरसहित सम्पूर्ण पुजारीहरु मिलि गर्ने निर्णय समेत गरिएको छ ।
  •       बुधबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा परिषद्को बैठकले सो निर्णय गरेको हो ।
  •       बैठकमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको संरक्षण सम्वद्र्धन समिति अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विघटन गरिएको छ । 
    अर्को नयाँ विधान दर्ता भई कार्यान्वयन नहुन्जेलसम्मका लागि मन्दिरको दैनिक कार्य संचालन तथा पूजापाठ व्यवस्थापनका लागि गुठियार अविनाश कुमार प्याकुरेल, मन्दिरका पीठाधीश महाकान्त ठाकुर, मूलपूजारी भुवन ठाकुरसहित सम्पूर्ण पुजारीहरु मिलि गर्ने निर्णय समेत गरिएको छ । 
    बुधबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा परिषद्को बैठकले सो निर्णय गरेको हो । 
    बैठकमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, वडा नं. ३ का अध्यक्ष बिजयकुमार यादव, गाउँपालिकाका सल्लाहकार तेजनारायण यादव, पीठाधीश ठाकुर, समितिका सचिव वावुनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।             

यसअघि साउन २४ गते मन्दिरका पिठाधीश महाकान्त ठाकुर तथा मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरेका थिए । 
    विज्ञप्तिमा केही ब्यक्तिहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको जनाइएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिर्ण सडकका कारण ट्रक पल्टियो
जिर्ण सडकका कारण ट्रक पल्टियो
राजगढमा सभागृह बन्दै
राजगढमा सभागृह बन्दै
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
रोम विधान लागू गर्न माग
रोम विधान लागू गर्न माग