बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग

सारांश

  •     बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारी, वार्ता टोलीका सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालसहितको अगुवाईमा बसेको बृहत भेलाले वर्षौदेखी लालपूर्जाको प्रतिक्षामा रहेका नगरवासीको उक्त माग पुरा गराउन आन्दोलनको विकल्प नरहेको ठहर गर्दै आन्दोलन चर्काउने निर्णय गरेको हो ।
  •       यसअघि आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै बैठकले फेरी आन्दोलनमा जाने निर्णय गरेको राजविराज नगरवासी पीडित संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।
  •       “यसअघि सम्बन्धित निकाय र राजनीतिक दलका प्रतिनिधि समेत राखेर १५ दिनको समयसीमा तोकेर समाधान खोज्ने भनि भएको प्रतिबद्धता र सहमती नगरपालिका र स्थानीय प्रशासनबाट कार्यान्वयन हुन सकेन, “संघर्ष समितीका संयोजक अंसारीले भने– बाध्य भई फेरी आन्दोलनमा जाने निर्णय गरेका छौ ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 

    लालपूर्जा पाउने आशामा पुस्तौ देखी संघर्षरत ब्लक र बिटौरी जग्गामा बसोवास गर्दै आएका राजविराजका पाँच हजार भन्दा बढी पीडित परिवारले फेरी आन्दोलन चर्काउने भएका छन् । 
    बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारी, वार्ता टोलीका सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालसहितको अगुवाईमा बसेको बृहत भेलाले वर्षौदेखी लालपूर्जाको प्रतिक्षामा रहेका नगरवासीको उक्त माग पुरा गराउन आन्दोलनको विकल्प नरहेको ठहर गर्दै आन्दोलन चर्काउने निर्णय गरेको हो । 
    यसअघि आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै बैठकले फेरी आन्दोलनमा जाने निर्णय गरेको राजविराज नगरवासी पीडित संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए । 
    “यसअघि सम्बन्धित निकाय र राजनीतिक दलका प्रतिनिधि समेत राखेर १५ दिनको समयसीमा तोकेर समाधान खोज्ने भनि भएको प्रतिबद्धता र सहमती नगरपालिका र स्थानीय प्रशासनबाट कार्यान्वयन हुन सकेन, “संघर्ष समितीका संयोजक अंसारीले भने– बाध्य भई फेरी आन्दोलनमा जाने निर्णय गरेका छौ ।” सप्तरी उधोग बाणिज्य सघले आन्दोलन परिचालन र व्यवस्थापनका लागी ५१ हजार रुपैया संघर्ष समितिको कोषमा जम्मा गरेको उनले जानकारी समेत दिए । बैठकले बार्ता समितिका सदस्य दिपेन्द्र चौधरीको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन उपसमिती तथा विन्देश्वर प्रसाद साह “बिन्दी”को संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरेको छ । 
    सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले आर्थिक मन्दिको मार खेपीरहेका नगरका उधोगी व्यवसायीहरु ब्लक र बिटौरी जग्गाको लालपुर्जा पाउन नसक्दा थप मारमा परेको बताए । “जग्गा बापत नगरपालिकाबाट पाएको रसिदका आधारमा नगर स्थापना काल देखी नै वसोवास गर्दै आएका नगरवासी विगतमा समस्या परेका वेला सोही रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थाामा धितो राखी ऋण कर्जा लिएर व्यपार व्यवसाय र अन्य समस्या समाधान गर्थै, उनले भने– हाल विगत ८ वर्ष देखी सो सेवा सुविधाबाट बन्चित गराइए पछि यहाँको ब्यापार व्यवसाय पनि चौपट बन्दै गएको छ ।”
    उनले नगरको ब्लक, बिटौरी र सडक मापदण्ड लगायत जग्गाको लालपुर्जा लामो समय देखी वितरण नहुदा उधोगी व्यवसायी मारमा परेको, भाडाका कतिपय सटरहरु धमाधम खाली हुन थालेको, कतिपय व्यवसायीले आत्महत्या गरेको र धेरै उधोगी व्यवसायी पलायन भएको भन्दै माग पुरा नभए सम्म अब हुने आन्दोलन नरोकीने बताए । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बन्चित रहेको भन्दै अब आन्दोलन चर्काेउनुको विकल्प नरहेको बताए । 
    यसअघि बजार बन्द, कालो झण्डा झुण्ड्याउने, नापी र नगरपालिका कार्यालयमा धर्ना र मुख्य चौकमा हस्ताक्षर अभियान चलाउदा पनि माग पुरा गर्ने आश्वासन बाहेक केही नपाइएको संघर्ष समितिका संयोजक अंसारीको भनाई छ । 
    उनले अब हुने आन्दोलनका कार्यक्रम र स्वरुप फरक तथा थप सशक्त ढंगको हुने भन्दै २÷३ दिन भित्रै आन्दोलनका नयाँ कार्यक्रम घोषणा हुने जानकारी दिए । स्थानीय, प्रदेश र प्रतिनिधीसभा निर्वाचनका वेला नगरको उक्त समस्या सबै राजनितीक दलको चुनावी एजेण्डा बन्ने गरे पनि निर्वाचन सकिए पछी विर्सिने गरेको भन्दै नगरवासीले अभिलम्व उक्त माग पुरा गर्न माग गरेका छन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
दुर्घटनामा तीनको मृत्यु
दुर्घटनामा तीनको मृत्यु
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह