नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो

राजविराज राजविराज
|
आइतबार, भाद्र ५, २०७९
|
|
५० पटक हेरिएको
Shares
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो

सारांश

  •     जिल्ला सभापती रामदेव साहको अध्यक्षतामा आइतवार वसेको आकस्मिक बैठकले स्व.
  • नेता गिरी प्रति शोक र श्रद्धाञ्जली अपर्ण गर्न तीन दिन सम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र उनको तस्बिर तथा शोक पुस्तिका राख्ने निर्णय गरिएको जिल्ला सचिव सनत मण्डलले बताएका छन् ।
  •       यस्तै श्रद्धाञ्जली बाहेकका अन्य कुनै कार्यक्रम हाल संचालन नहुने जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    नेपाली काँग्रेस सप्तरीले आफ्ना नेता प्रदिप गिरीको निधनमा शोक मनाउन आईतवार पार्टी कार्यालयमा झुण्ड्याइएको झण्डा आधा झुकाएको छ । 
    जिल्ला सभापती रामदेव साहको अध्यक्षतामा आइतवार वसेको आकस्मिक बैठकले स्व.नेता गिरी प्रति शोक र श्रद्धाञ्जली अपर्ण गर्न तीन दिन सम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र उनको तस्बिर तथा शोक पुस्तिका राख्ने निर्णय गरिएको जिल्ला सचिव सनत मण्डलले बताएका छन् । 
    यस्तै श्रद्धाञ्जली बाहेकका अन्य कुनै कार्यक्रम हाल संचालन नहुने जनाइएको छ । स्व.गिरीलाई श्रद्धाञ्जली दिन उपसभापती रामकुमार यादव, क्षेत्रिय सभापती महानन्द यादव, तरुण दलका अनिल कुमार देव, युवा नेता प्रदिप सिह लगायत ठुलो संख्यामा काँग्रेसी नेता कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए । 
    काँगेसका नेता एवं समाजवादी चिन्तक गिरीको शनीवार राती ७५ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनले काँग्रेस स्तब्ध र मर्माहत भएको तथा मुलुकलाई अपुर्णिय क्षती भएको आईतवार नै जिल्ला सचिव मण्डलद्वारा जारी शोक वक्तब्यमा उल्लेख छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु